महालक्ष्मी विकास बैंकको नेपालगन्ज शाखा अब पुष्पलाल चोकमा

महालक्ष्मी विकास बैंकले नेपालगन्जमा रहेको शाखालाई स्थानान्तरण गरेको छ । हाल शाखा रहेको स्थान नेपालगन्ज उप–महानगरपालिका – १२ सुर्खेत रोडबाट वडा नम्बर २ पुष्पलाल चोकमा सरेको हो ।

मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त शाखाको समुद्घाटन संयुक्तरुपमा नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका कार्यालय प्रमुख निभा श्रेष्ठ र बैंकका सञ्चालक दिपक रौनियरले गरेका छन् ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकले गर्दै आएको विभिन्न गतिविधिहरुबारे प्रकाश पारेका थिए उनले बैंकले ग्राहकहरुको आवश्यकतालाई उल्लेख्यरुपमा सम्बोधन गर्दै आगामी दिनमा अझै उत्कृष्ट र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कोमल बिष्टले जनाए।

प्रतिक्रिया