जानकीमा एमालेको लहर: विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश

नेपालगन्ज : जानकी गाउँपालिकामा एमालेलाई जिताउन विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एस जानकी गाउँपालिका कमिटी सचिव सुनिल घिमिरे तथा नेकपा माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका हुन् ।

त्यस्तै जानकी गाउँपालिका वडा नम्बर दुइमा नेकपा माओवादी केन्द्र परित्याग गरि खिमराम कोरि, हिरालाल सुनार लगायत जसपाका केही नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गर्दै नव प्रवेशीहरुले जानकीमा एमालेको लहर कसैले छेक्न नसक्ने बताएका थिए । पार्टी प्रवेश गर्दै जानकीमा हिमान्शु यादवको टिमलाइओ विजयी बनाउन नै एमाले प्रवेश गरेको बताएका थिए ।

जानकीमा एमालेबाट अध्यक्षमा हिमान्शु यादव र उपाध्यक्षमा भुमिसरा धिताल चुनावी मैदानमा होमिएका छन् ।

प्रतिक्रिया