एनआईसी एशिया बैंकको शाखा रहित बैंकिङ्ग सेवा खजुराको ई गाँउमा

बाँके :

एनआईसी एशिया बैंकको शाखा रहित बैंकिङ्ग सेवा खजुराको ई गाँउमा

एन आई सी एशिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं.४, ई गाँउ चोकमा आफ्नो ५४ औं शाखारहित बैंकिङ्ग सेवा फागुन १६ गतेबाट संचालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको ई गाँउ चोक शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन खजुरा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तिलक वीर सुनारको उपस्थितिमा सम्पन्न भएको थियो ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा श्री उपमा मनिट्रान्सफर (प्रो. श्री दशरथ भण्डारी) लाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सकिने बैंकले जनाएको छ । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिंड्नुपर्ने वाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीयबासीहरुले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया