सकियो शैक्षिक मेला ,२३ सय विद्यार्थीले गरे अवलोकन

नेपालगन्ज :

सकियो शैक्षिक मेला ,२३ सय विद्यार्थीले लिए परामर्श

“स्वदेशमै शिक्षा, सबैको ईच्छा“ नारा सहित नेपालगन्जमा बिहीवार देखि सुरुभएको शैक्षिक मेला आज शुक्रबार सकिएको छ ।

दुई दिन चलेको शैक्षिक मेलामा बाँकेका नेपालगन्ज , खजुरा तथा कोहलपुरका २३७२ विद्यार्थीहरुले भ्रमण तथा परामर्श लिएको स्टडि इन नेपाल शैक्षिक मेलाका प्रदेश पाँच संयोजक भरत बिष्टले बताए।

स्टडि इन नेपाल भन्ने मुल उदेश्य बोकेर बिहीवारबाट सुरु दुई दिने मेलाको उद्घाटन आयोजक भिजन मिडियाका सिइओ जीवन लामा गोले र नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरेले संयुक्तरुपमा रिबन काटेर गरेका थिए ।

महंगो मुल्यमा विदेश जानुको सट्टा सस्तो र सर्वसुलभ मुल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू नेपालमै भएतापनि अध्यनका लागि बिदेश जाने परिपाटी बढेको र त्यसले देशको अर्थतन्त्र समेत बाहिर पुर्‍याउने भएकाले लर्न लोकली फिट ग्लोबली भन्दै यस बर्ष पनि मेला आयोजना गरिएको र मेलाले अपेक्षित सफलता प्राप्त गरेको मेलाका प्रदेश पाँच संयोजक बिष्टले बताए।

भोलि सम्म चल्ने मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, ठाकुराम बहुमुखी क्याम्पस लगायतका कलेजले विद्यार्थीहरूलाई नि:शुल्क परामर्श दिएका थिए ।

सकियो शैक्षिक मेला ,२३ सय विद्यार्थीले लिए परामर्श

प्रतिक्रिया