ब्राइटल्याण्ड कलेजमा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न, नयाँ प्रोस्पेक्टस सार्वजनिक

वसन्त क्षेत्री /नेपालगन्ज :

प्रोस्पेक्टस

नेपालगन्जको ब्राइटल्याण्ड कलेजमा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ। साथै उक्त कार्यक्रममा कलेजले आफ्नो नयाँ प्रोस्पेक्टस समेत सार्वजनिक गरेको छ ।

शनिबार कलेजको प्राङ्गणमा बिबिएस तथा बिएसडब्लु प्रथम वर्ष , बिएचएम , बिआइएम , एमबिएस पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत र बिबिएस तथा बिएसडब्लु अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई गरिएको हो।

निकै सभ्य अनि भव्य तरिकाले सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा ब्राइटल्याण्ड कलेजक फाउन्डर नारायण पौडेल रहेका थिए। त्यस्तै, विशिष्ट अतिथिमा डाक्टर राजेशकेशर खनाल रहेका थिए। भने, अतिथिको रुपमा डा.अभनिन्द्र मिश्र, लालमणी घिमिरे , राजु रजौरे, सन्तकुमार वर्मा, भगवत पौडेल र भरत बिष्ट रहेका थिए।

कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। स्वागत हुने विद्यार्थीहरु खुसी देखिन्थे भने विदाई भएर जाने विद्यार्थीहरु एकदम मलिन देखिन्थे। यद्यपि उनीहरु कलेजका शिक्षक अनि साथी भाइहरुको हौसला अनि शुभकामनानाले थोरै भएपनि खुसी देखिन्थे।

कलेजका अतिरिक्त क्रियाकलाप बिभाग प्रमुख डा. अभनिन्द्र मिश्राले यस्ता किसिमका कार्यक्रमले विद्यार्थी तथा कलेज परिवारलाई सकारात्मक बनाउने बताएका छन् ।

प्रतिक्रिया