नेपालगन्ज :

ईन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेसन प्राइभेट लिमिटेडले २७ औं शाखाको रुपमा नेपालगन्जमा आफ्नो शाखाको उद्घाटन गरेको छ ।
सोमबार नेपालगन्जमा एक औपचारिक कार्यक्रमका बिच नेकपा बाँकेका संयोजक तथा प्रदेश सभासद इन्द्र प्रसाद खरेल , कम्पनीका भायस प्रेसिडेन्ट लुब रत्न श्रेष्ठ, शाखा प्रबन्धक भानुभक्त रेग्मी लगायतका अतिथिहरुले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।
नेपालगन्जमा केही हप्ता अगाडी देखी नै आफ्नो सेवा प्रारम्भ गरेको भायनेटले २० बर्ष अगाडी काठमाडौं देखि ईन्टरनेट सेवा प्रदान गर्दै आएको थियो ।
स्थापनाको १८ बर्ष पछि भ्याली बाहिर आफ्ना सेवा प्रदान गर्ने उदेश्यले भायनेटले नेपालगन्ज लगायत देशका अन्य स्थानमा आफ्नो शाखा बिस्तार गर्ने रणनीति लिएर कार्य गर्दै गरेको नेपालगन्ज शाखाका पप्रबन्धक भानुभक्त रेग्मिले बताए ।
रेग्मिले नेपालगन्जको सम्पुर्ण वडा र कोहलपुरमा सेवा प्रदान गर्नको लागी आफुहरु सक्षम रहेको समेत बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि आइपी खरेलले भायनेटले जनताले चाहेको जस्तो सेवा प्रदान गर्नु पर्ने भन्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा भाग्यमानी केही आगन्तुक तथा अतिथिलाई निशुल्क ईन्टरनेट तथा टिभि निशुल्क प्रदान गर्ने कम्पनीको योजना अनुरुप राज कुमार सुवेदी , महेश्वर जोशी , बिशाल कुमार सुनार , अमित कुमार गुप्ता , मोहम्मद जाबेद हलवाईले एक महिना ईन्टरनेट तथा टिभि निशुल्क प्राप्त गरेका छन् भने चिरञ्जीवी ओलीले तीन महिना भायनेटको ईन्टरनेट र टिभि निशुल्क प्राप्त गरेका छन् ।
उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश सभासद आइपी खरेल, विशिष्ट अतिथि प्रदेश सभासद कृष्णा केसि (नमुना) ,जिल्ला प्रहरी प्रमुख वीर बहादुर ओलि ,नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहित मन्सुरी चुन्ना, हिसान केन्द्रिय समितका उपाध्यक्ष इश्वर पोखरेल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सभापतित्व भायस प्रेसिडेन्ट लुब रत्न श्रेष्ठले गर्नुभएको थियो ।












