परिचय फेर्न सफल बाँकेको नरैनापुर

नेपालगंज : करिब २ दशक जनप्रतिनिधि बिहिन बनेको स्थानीयतहले आफुले चुनेर पठाएको जनप्रतिनिधि संग बिकासको अपेक्षा गर्नु स्वाभाविक नै हो, यस्तोमा बाँकेको नरैना गाउँपालिकाले जुन भूमिका खेलेको छ त्यो देशाभारा नै उदाहरणीय रहेको छ ।

भारतसँग सीमा जोडिएको बाँकेको नरैनापुर गाउँपालिकाका अधिकांश वडामा केही वर्ष अघिसम्म नेपाली रुपैयाँ मुस्किलले चल्थ्यो । सदरमुकाम नेपालगञ्जसँग सहज पहुँच नभएको र कुनै बैंक वितीय संस्थासमेत नभएको अवस्थामा भारतीय मुद्रामा कारोबार गर्नुपर्ने बाध्यता त्यहाँका बासिन्दालाई थियो । कुनै समय घडीसमेत भारतीय समयअनुसार चलाउने बघौडा क्षेत्रका बासिन्दाले सडक र बैंकजस्ता पूर्वाधार पुगेसँगै स्वदेशी मुद्रा चलन गर्नुका साथै नेपाली भाषासँग पनि मोह राख्न थालेका छन् ।

केही समय अघिसम्म पनि आफ्नै भूमिमा समेत  नेपाली मुद्रा चल्दैनथ्यो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यो बाँके जिल्लाको वास्तविकता हो । रापती नदी पूर्वको बघौडा क्षेत्र सदरमुकाम नेपालगञ्जसँग प्रत्यक्ष सडक सञ्जालले जोडिनुअघिसम्म नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहसमेत भारतीय मुद्रामै आर्थिक कारोबार गर्थे । अब भने क्षेत्रमा सडकसँगै बैंक पनि पुगेको छ । यसको परिणाम नरैनापुरमा स्वदेशी मुद्रा चल्तीमा छ ।

नरैनापुरका ६ वटा वडाका धेरैजसो युवा वैदेशिक रोजगारीका लागि भारत वा खाडी मुलुकमा छन् । पहिले उनीहरूले पठाएको रेमिटेन्स निकाल्न पनि भारतीय बैंकमै निर्भर हुनुपर्ने बाध्यता थियो । गाउँमा बैंक खुलेसँगै पहिले सीमावर्ती भारतीय बजारमा खोलेका बैंक खाता बन्द गरेर स्थानीयले नेपाली बैंकमा खाता खोल्न थालेका छन् ।

गाउँमा नेपाली रुपैयाँ नचल्दा नरैनापुरका बासिन्दालाई निकै समस्या थियो । विदेशबाट आएको रकम बुझ्नसमेत भारतीय बैंक वा एक दिनको बाटो हिँडेर नेपालगञ्ज धाउनुपर्ने पर्ने बाध्यता थियो । पैसा बुझेर भारतीय बाटौ हुँदै घर र्फकंदा बीचैमा लुटिने खतरा पनि उत्तिकै थियो । तर अहिले यो समस्याबाट यहाँका स्थानीय मुक्त भएका छन् ।

नरैनापुरका गङ्गापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर र कटकुइायाजस्ता सीमावर्ती बस्ती मूलधारसाग जोडिएपछि भारतीय रुपैयाँ चलाउनु पर्ने बाध्यता अन्त्य भएको हो । यसले सीमाक्षेत्रका बासिन्दामा नेपाली मुद्रासँगै नेपाली भाषाप्रतिको मोहसमेत बढाएको छ ।

कार्यसम्पादन मुल्यांकनमा देशकै उत्कृष्ट

स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट  गाउँपालिका बन्न सफल बनेको छ । १७ सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा प्रतिवेदन अनुसार बाँकेको नरैनापुर गाउँपलिकाले सबैभन्दा धेरै ७८.५१ अंक ल्याएको छ ।

संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभार दिएर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकनमा नरैनापुर गाउँपालिकाले ७८.५१ अंक ल्याएको हो ।

स्थानीय तहको हकमा समयमा बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, राजस्व बाँडफाँट गरेरनगरेकोदेखि बजेट बेरुजु, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्या लगायत सूचकलाई मूल्यांकनको आधार मानिएको छ ।

आयोगले आर्थिक वर्ष ०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि यस्ता सूचकका आधारमा सबै प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।

शिक्षा र खेलकुद बिकासमा नरैना गाउँपालिका

नरैनापुराले समग्रतामा जस्तै शिक्षा र खेलकुद बिकासमा सेट उलेखनीय प्रगति गरेको देखिन्छ  खेलकुद गतिबिधि नगन्य मात्रामा हुने नरैनापुरमा स्थानीय तहमा जनप्रतिनिधि आए संगै बिस्तारै खेलकुद गतिविधिले तिब्रता पाएको छ भने शिक्षा संग समब्न्धिता अतिरिक्त क्रियाकलापमा समेत अग्र स्थानमा आउन थालेको छ  ।

सदरमुकामकेन्द्रित हुँदै आएको रनिङ सिल्ड गाँउपालिका अध्यक्ष कप संगै राष्ट्रपति रनिङ सिल्ड सुरु पछि जिल्लाकै सबै भन्दा विकट मानिएको नरैनापुरका युवाहरुमा उत्साह देखिएको थियो ।

 

 

 

प्रतिक्रिया