वाइसीएल बाँके हाकेका नरेन्द्र ददेल

बाँके जिल्लाको खजुरा क्षेत्र त्यसमा पनि खजुरा गाउँपालिका वडा नम्बर दुई कम्युनिष्ट आन्दोलनको जग बसाल्न सफल क्षेत्रको रुपमा जिल्लामा परिचित रहेको छ ।

त्यही खजुरा गाउँपालिका वडा नम्बर दुई सि गाउँका नरेन्द्र ददेल स्कुले जीवन देखी नै माओवादीको राजनितीले प्रभावित बनेका थिए । पारिवारिक झुकाव समेत तत्कालीन नेकपा माओवादीमा रहेका कारण समेत ददेल स्कुल जिवनमा नै माओवादीको राजनैतिक गतिविधिमा संलग्न रहेका थिए ।

नेकपा माओवादी तत्कालीन अवस्थामा भुमिगत रहेकै बेला बी.स. २०५९ साल माओवादीको भातृ संगठन वाइसीएलमा आवद्ध भएका नरेन्द्र ददेल त्यसबेला खजुरा क्षेत्रको कमिटी सदस्य बनेका थिए ।

माओवादीको भातृ संगठन वाइसीएलमा आवद्ध भएर सकृय राजनितिमा प्रवेश गरेको बताउने नरेद्र ददेल त्यसपछि भने नेकपा एमाले र नेकपा माओवादी एकीकृत भएर बनेको नेकपाको भातृ संगठन युवा संघ नेपालको जिल्ला कमिटी सदस्य तथा खजुरा गाउँकमिटी इन्चार्ज भएका थिए ।

युवा राजनिती संगै समाजसेवा र शिक्षण उधमिको रुपमा समेत आफुलाई चिनाउन सफल रहेका नरेन्द्र ददेल २०७९ मा वाइसीएलको जिल्ला सचिव र २०८१ मा वाइसीएलको जिल्ला संयोजक चयन भएका हुन् ।

नेकपा माओवादी केन्द्र र वाइसीएलको राजनीतिक गतिविधिलाई जिल्लामा सकृयताका साथ अगाडी बढाउदै आएका ददेल जिल्लामा युवा प्रेरणाको रुपमा समेत परिचित रहेका छन् ।

बाँकेको राजनैतिक बृत्तमा सम्भावना बोकेका युवा मध्य एक ददेल खजुरा गाउँपालिका वडा नम्बर दुईका स्थानिय हुन् । खजुरामा राम्रो पकड र समाजिक कार्यमा संलग्न रहेका ददेल माओवादी र वाइसीएलको केन्द्रमा समेत दखल राख्ने युवा नेताको रुपमा आफ्नो छविको बिकास गरेका छन् ।

प्रतिक्रिया