जसले नयाँ जीवन पाए र धेरैलाई नयाँ जीवन दिए

नेपालगन्ज : अभियान्ता प्रविण बिसी विगत १६ वर्षदेखि बाँकेमा लागूऔषधकाविरुद्ध काम गर्दै आइरहेका छन्। खजुरा गाउँपालिका वडा नम्बर दुईका बिसी आफू स्वयम् पुर्व लागूऔषध प्रयोगकर्ता रहेको बताउँदै लागूऔषध कुनै अपराध नभएर बिरामी रहेको र यसको प्रयोग गर्ने जो कोहीलाई पनि उपचारको माध्यमबाट छुटकारा दिन सकिने बताउदै आएका छन् भने विगत १६ बर्ष देखी अनवरत रूपमा लागूऔषध प्रयोगकर्तालाई नयाँ जीवन दिन काम गर्दै आएका छन् ।

प्रविणले लागूऔषधविरुद्धको काम २०६६ सालदेखि सुरु गरेका हुन्। सुरुमा उनले परिवर्तन समूह बाँकेको उपसमितिको सदस्य भएर काम गर्न सुरु गरेका थिए। त्यसपछि २०६८ सालमा रिकभरिङ्ग नेपालको साविक (मध्ये तथा सुदूरपश्चिम) को वित्तीय व्यवस्थापक तथा प्रवक्ताका रूपमा काम गरे।

२०६९ सालमा नेपालगन्जमा रहेको भेरी अस्पतालबाट संचालित मेथाडन, मौखिक (ओएसटि) उपचार पद्धतिको परामर्शदाताको पनि भूमिका निभाए। २०७४ सालमा रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशको फेकल पर्सन र सोही सालदेखि परिवर्तन समूह बाँकेको अध्यक्षका रूपमा हालसम्म काम गर्दै आइरहेका छन् ।

यसका अलव उनले आफ्नै दिदीको नामबाट स्थापित लता केयर फाउण्डेशनको अध्यक्षको रूपमा पनि

काम गरिरहेका छन्। लता केयरले पनि लागूऔषधविरुद्ध काम गर्ने गर्छ।

यो १६ वर्षको अवधिमा प्रविणले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ४ हजार बढीलाई परामर्श तथा सहयोग गरिसकेका छन् भने करिब १ हजार जना लागूऔषध प्रयोगकर्तालाई उपचार प्रदान गरिसकेका छन् ।

उनै लागूऔषधविरुद्ध अभियान्ताका रूपमा काम गरिरहेका प्रविण बिसी श्रावण पहिलो हप्ता सम्मानीत भए। दमयन्ति फाउन्डेशन नेपाल, बाँकेले अभियान्ता विसीलाई एक कार्यक्रमको आयोजना गरेर सम्मान र पुरस्कृत गरेको हो।

८औं नयनराज रावल स्मृति दिवसको अवसरमा जिल्ला प्रशासन बाँकेका प्रमुख खगेन्द्रप्रसाद रिजाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही, सशस्त्र प्रहरी बल महेन्द्र नगरका एसपि बिमल डाँगी एवम् दमयन्ति फाउन्डेशन नेपाल, बाँकीकी अध्यक्ष इन्द्राकुमारी जिसीले अभियान्ता बिसीलाई उनले निरन्तर गरेको सामाजिक कार्यको कदरमा सम्मानित गरेको हो।

सम्मानपछि कार्यक्रममा बोल्दै अभियान्दा बिसीले बाँकेमा लागूऔषधविरुद्धको अभियानमा नयनराजको कार्यलाई सम्झदै आफूलाई पनि नयनराजले लागूऔषधविरुद्धको काम गर्न प्रेरित गरेको बताएका थिए।

-नागरिक समाज १६

प्रतिक्रिया