नेपालगन्ज :


नेपालगन्जको सेतु विक चोकमा शाकाहारी खाजा घर तथा बेकरी सञ्चालनमा आएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव समेत रहेका चिरञ्जीवि ओली र प्रमोद गुप्ताले करोड बढीको लगानीमा खाजाघर सञ्चालनमा ल्याएका हुन् ।

बेकरी सप एण्ड खाजाघरको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बिहीबार औपचारिक कार्यक्रम बीच उद्घाटन गरेका थिए ।
संघका महासचिव समेत रहेका ओलीले रेष्टुरेन्टमा बेकरी र भेज आईटममा सम्पूर्ण परिकार पाइने बताए भने रेष्टुरेन्टमा १३ जनाले रोजगारी पाएका छन् ।















