खजुरा :

खजुरा गाउँपालिकालाई बाल मैत्रि बनाउन बाल क्लबहरुलाई सक्रिय बनाइने भएको छ । पालिकामा बाल अधिकारलाई सुनिश्चित गर्न क्लबहरुको भुमिका महत्वपुर्ण हुने भएकोले क्लबहरुलाई सक्रिय बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन ।
बालिका संरक्षण परियोजना अन्तरर्गत पालिका स्तरिय बाल अधिकार समिति समिक्षा बैठकमा अधिकासले विद्यालयमा रहेका बाल क्लबहरुमात्र सक्रिय भएर नहुने भन्दै टोल टोलमा कल्व गठन गरी चलायमान बनाउन पालिका मार्फत सम्बन्धित शाखाले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।
खजुरा गाउँपालिकाको आयोजना प्लान इन्टरनेशनल नेपाल, फिल्ड कार्यलय नेपालगन्जको सहयोग तथा बाँके युनेस्को कल्वको सहकार्यमा भएको समिक्षा बैठकमा सम्बन्धित शाखाले विद्यालय तथा वडा संग समन्वय गरेर चेतनामुलक क्रियाकलाप गर्नुपर्नेमा जोड दिएका थिए ।
खजुराका विद्यालयहरुलाई बालमैत्रि घोषणा गर्न सकिने भएपनि वडाहरुमा थप काम गर्नुपर्ने भएकाले बालकल्व गठन गरी परिचालन गर्ने गरि योजना बनाउन सुभाव दिएका थिए ।
क्लबहरुलाई हौसला प्रदान गर्ने उदेश्य बोकेर पालिकाले क्लबहरुलाई सक्रिय बनाउन पहल गर्ने गाउँपालिकाका उपाध्यक्ष तथा पालिका स्तरिय बाल अधिकार समितिका संयोजक एकमाया विकले बताइन ।
बैठकमा खजुरा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष कान्तुराम गौतम, वडा नम्बर ५ का वडाध्यक्ष देवेन्द्रमान श्रेष्ठ, महिला तथा बालबालिका शाखाका प्रमुख शुसिला न्यौपाने, कार्यपालिका सदस्यहरु, शिक्षा समितिका सदस्य भक्तबहादुर केसी, बाल अधिकार विज्ञ पुर्णचन्द्र उपाध्याय, बाल क्लबका पदाधिकारी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।









