कुशल दलामी / खजुरा :

खजुरा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिलक बिर सुनारको अगुवाइमा बौद्धिक मिलन पारस्परिक सहयोग समुह स्थापना भएको छ ।
आइतबार खजुरा गाउँपालिका ४ स्थित बौद्धिक मिलन केन्द्रमा भएको भेलाबाट बौद्धिक मिलन पारस्परिक सहयोग समुहको स्थापना गरिएको हो ।
खजुरा गाउँपालिका ४ का वडा अध्यक्ष तिलक बिर सुनारको संयोजकत्वमा ५ सदस्यीय समुहको कार्यसमिति गठन गरिएको छ भने कुल ३३ जनाको समुह रहेको छ ।
आइतबार दिउँसो बौद्धिक मिलन केन्द्र चोकमा भएको उक्त भेलाबाट प्रत्येक सदस्यले रु १ हजारका दरले कुल ३३ हजार रुपैयाँबाट यो सहयोग समुह शुरु गरिएको छ । भने प्रयोग महिनाको ५ गते बैठक बसि मासिक रु १ हजार जम्मा गर्ने गरि निर्णय निर्णय समेत भएको छ।
अध्यक्ष सुनारका अनुसार ,जसरी पनि हामीले हाम्रो बिकाश गर्नु छ त्यो बिकाश हामी आफैबाट शुरु गरेमात्र सम्भव छ । ठिक त्यसैगरी यो बौद्धिक मिलन पारस्परिक सहयोग समूहले मासिक रूपमा संकलन गरिएको रकम बैंकमा सयुक्त खाता खोलेर जम्मा गरिने छ र उक्त रकम आवश्यक परेको खण्डमा १% मा चलाउन पाइने छ ।
सो १% रकम बाट प्राप्त लाभान्स रकमको ५०% रकम निमुखा गरिब तथा अति बिपन्न या क्यान्सर पीडित जस्ता परिवारलाई सहयोग गरिने अध्यक्ष सुनारले बताए ।
खजुराको बिकाशमा सदैव लागिपर्ने बिकासप्रेमी युवा अध्यक्ष सुनारले विभिन्न समयमा ब्यक्तिगत खर्च बाट समेत असहाय तथा रोगिहरुको लागि सहयोग गर्दै आएका छन् भने बिकास निर्माणका कार्यमा स्वयं आफू फिल्डमा खटिने गर्दछन । बौद्धिक मिलन पारस्परिक सहयोग समुह स्थापना पछि सबैले यस्तो सराहनीय कार्यको प्रशंसा गरेका छन् ।









