अन्तराष्ट्रिय कोरियोग्राफर अश्विनी झा नेपालगन्जमा, मिस नेपालगन्जको तयारी अन्तिम चरणमा

नेपालगन्ज:

अन्तराष्ट्रिय कोरियोग्राफर अश्विनी झा नेपालगन्जमा , मिस नेपालगन्जको तयारी अन्तिम चरणमा

एक्स जेनेरेसनको आयोजनामा नेपालगन्जमा हुन गैरहेको “मिस नेपालगन्ज तथा लिटिल मिस भेरी २०१९”को तयारी अन्तिम चरणमा पुगेको छ ।

मिस नेपालगन्ज तथा लिटिल मिस भेरीकै लागि काठमाडौं देखि प्रतिष्ठित कोरियोग्राफर अश्विनी झा मंगलबार नेपालगन्ज आइपुगेका छन् ।

झा बिगत देढ दशक भन्दा लामो समय देखी व्यवसायीक मोडलिङ तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय सौर्न्दर्य प्रतियोगितामा कोरियोग्राफी गर्दै आउनुभएको छ ।

झाले २५० बढी सौन्दर्य प्रतियोगिता तथा दर्जनौं शो हरुमा कोरियोग्राफी गरिसक्नु भएको छ ।

झा विशेषगरी मिसेस नेपाल इन्टरनेसनल , मिसेस नेपाल ट्युरिजम ,मिसेस नेपाल आइकन , मिसेस नेपाल एलिगेन्ट , मिसेस नेपाल ग्ल्याम्प , सुपर मोडेल कन्टेन्स, मिसेस नेपाल ब्युटिफुल प्रतियोगिताहरु सकृय रहेका छन् भने एसईई संग सम्बन्धीत दर्जनौं प्रतियोगिताहरुमा समेत कोरियोग्राफी गर्दै आएका छन् ।

हालै सिङ्गापुरमा सम्पन्न ‘सिक्स्थ एनुयल इन्टरनेसनल गोल्डेन ब्राण्ड २०१९’ का उत्कृष्ट कोरियोग्राफर घोसित भएका अश्विनी झा नेपालको ‘हिरो अफ दि मधेस’ अवार्डबाट पनि सम्मानित हुनुहुन्छ ।

कोरियोग्राफर अश्विनी झाले यस अघि पनि मिस नेपालगन्ज तथा लिटिल मिस भेरी प्रतियोगितामा कोरियोग्राफी गरिसकेका छन् । यो उनको मिस नेपालगन्ज तथा लिटिल मिस भेरीको लागी दोस्रो पटक हो ।

नेपालगन्ज आए संगै उत्साहित झाले नेपालगन्जका मोडेलहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउनको लागी आफ्नो प्रयास रहने बताएका छन् ।

प्रतियोगिताको अन्तिम तयारी गरिरहेको एक्स जेनेरेसनले बताएको छ भने सौन्दर्य प्रतियोगिताको ट्यालेन्ट राउन्ड पुस ३ मा सम्पन्न भैसकेको छ । आउने शनिबार मिस नेपालगन्ज तथा लिटिल मिस भेरि २०१९ को छिनोफानो हुनेछ ।

प्रतिक्रिया