खालि हुदै खजुराको क्वारेन्टाइन, खाजा खुवाउने सहयोगीहरु बढ्दै

खजुरा :

बाँकेको खजुरामा स्थापना गरिएको क्वारेन्टाइन खालि हुदै छ । कोरोना भाइरसको संक्रमण नहोस भनेर क्वारेन्टाइन बसेर घर फर्किन थालेपछि क्वारेन्टाइन केहि दिनमै पुर्ण रुपमा खालि हुदै छ ।

खजुरा गाउँपालिकाले दुई स्थानमा स्थापना गरेको क्वारेन्टाइन मध्ये वडा नम्बर ४ का भारतबाट राखिएकाहरु केहि दिन अघि नै घर फिर्ता भैसके पछि अर्को मैटहवा माविमा स्थापना गरिएको स्थानमा मात्र २३ जना मात्र घर जान बाँकी रहेको क्वारेन्टाइन स्वयम सेवक संयोजक सालिकराम खड्काले जानकारी दिनुभयो ।

खजुरामा अहिले एउटा मात्र क्वारेन्टाइन रहेकाले उक्त क्वारेन्टाइनमा खाजा खुवाउन विभिन्न सहयोगीहरु सक्रिय भएको खजुरा गाउँपालिकाका राजनितिक सल्लाहकार भिम वलिले जानकारी दिए ।

हाल दिनहु कुनै न कुनै व्यक्ति, वडा कार्यालय, समुह, विद्यालय, कृषक समुह, जनप्रतिनिधि, समाजसेवि लगाएतले केहि न केहि खाजाका उपहार ल्याएर दिने गरेको वडा नम्बर २ का वडाध्यक्ष देविलाल खनालले जानकारी दिएका छन ।

आजै खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षले १ पेटि अर्थात ७ क्यारेट अण्डा क्वारेन्टाइनमा बसेकाहरुलाई खुवाउनका लागी प्रदान गरेका थिए । यस्तै आजै ग्रिन फार्म खजुराका सन्चालक पवन उपाध्यायले केराको घरी नै लगेर खाजाको व्यवस्था गरिदिएका थिए ।
क्वारेन्टाइनमा रहेकाहरु २ गते सम्म बस्ने भएकाले त्यसपछि नयाँ नआए क्वारेन्टाइन बन्द गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया