नेपालगंज

विश्व समुदाय अहिले कोरोना भाइरसबाट आक्रान्त भइरहेको छ यस्तो विषम परिस्थिमा दिनरात नभनि कोरोना रोगको उपचारमा संलग्न भएका चिकित्सक तथा स्वास्थ्यकर्मी र देशलाई लकडाउनका बेला पूर्ण पालना गराउन अहोरात्र सडकमा खटिने सुरक्षाकर्मीहरुको सु- स्वास्थ्यको कामना गर्दै उनीहरुको सम्मानमा सोमबार साझ ८ बजे कसौधन वैश्य समाज बाँकेद्वारा दीप प्रज्वलन, राष्ट्रिय गान र तालि बजाएर कार्यक्रम सम्पन्न गरेको छ ।
कसौधन वैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले विश्वभर नै अहिले कोभिड १९ महामारीले चिन्तित बनाएको परिपेक्ष्यमा देशमा शान्तिको कामना, कोरोना रोगको नियन्त्रणको कामना गर्दै उक्त कार्यमा रातदिन खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी , लगायत सम्पूर्ण देशबासीहरुको सु- स्वास्थ्यको कामना गर्न दीप प्रज्वलन कार्यक्रम राखिएको बताएका छन्
नेपालगंज उधोग बाणीज्य संघ कार्यालय अगाडी समपन्न कार्यक्रममा सबैले आ – आफ्नो घरको छतमा, बराण्डामा, दैलोमा भिडभाड नगरी सभ्य तरिकाले दीप प्रज्वलन गरि, राष्ट्रिय गान गएर, एक मिनेट ताली बजाएर र दिप प्रज्वलन गरेर उहाँहरुलाई सम्मान समेत गरिएको थियो ।










