
नेपालगन्ज : कोहलपुरका व्यवसायिक गाई पालक किसान विष्णु पोखरेलले डीडीसीको गेटमै दूध पोखेका छ्न ।
कोहलपुर-८ पिपरीमा प्रकृति गाईपालन केन्द्र संचालन गरेका किसान पोखरेलले मंगलबार साँझ दूध लिएर डिडिसिमा गएपछि नकिन्ने भनेर गेट नै बन्द गर्दा पोखरेलले दूध पोखेर हिँडेका हुन । पोखरेल ६ बजे नै दूध लिएर गएका थिएँ ।
कर्मचारी छैनन् । दूध खरिद गर्न मिल्दैन भनेर गेटभित्र पस्न नदियपछी विरोधमा दूध पोखेका हुन । डीडीसीको नेपालगन्ज दुग्ध वितरण आयोजनाका प्रमुख योगेन्द्र साहले दूध खरिद नगरेको र ढोकामै दूध फालेको स्वीकार गरेका छ्न ।
शाहले अबदेखि पोखरेलको दूध किनिदिने आश्वासन दिएका छ्न । डीडीसीले बाँके, बर्दिया, दाङ र सुर्खेतमा दैनिक १२ हजार लिटर दूध संकलन गर्ने गरेको छ । लकडाउनपछि भने ६ हजार लिटर मात्र संकलन गरिरहेको आयोजना प्रमुख शाहले बताए ।










