
खजुरा :बाँकेको खजुरामा बजार अनुगमन गरिएको छ । खजुरा गाउँपालिकाको आयोजनामा संयुक्त बजार अनुगमन टोलिले चार वटा किराना पसलहरुमा अनुगमन गरेको हो ।
लकडाउनको समयमा उपभोत्ता मारमा पर्न सक्ने संम्भावनालाई मध्यनजर गर्दे खजुरा गाउँपालिकाले अनुगमन गराएको हो ।
खजुरा गाउँपालिकाका उप प्रमुख एकमाया विकको संयोजकत्वमा भएको अनुगमनमा अधिकास पसलहरुबाट म्याद नाघेका खाद्य बस्तु फेला परेको थियो ।
फेला परेको म्याद नाघेका खाद्य बस्तुलाई तत्कालै नष्ट गरिएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंजका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
अनुगमनका क्रममा मुल्य सुचि सबैले देखिने स्थानमा नराखिएको, मुल्यको दरमा एकरुपता नभएको, म्याद नाघेका बस्तु पनि विक्रि गर्ने स्थानमै राखेकाले सुधार गर्न निर्देशन दिदै चेतावनि स्वरुप आर्थिक जरिवाना नगरी सम्झाइएको पौडेलले जानकारी दिए ।
खजुराका सुलध किराना पसल, शिवम किराना पसल, जोशि किराना पसल र आचार्य कृष्ण किराना स्टोरमा अनुगमन गरिएको गाउँपालिकाका उप प्रमुख विकले जानकारी दिइन ।











