
नेपालगन्ज : स्याक नेपालले बाँकेका आठ स्थानिय तहलाई कोरोना भाइरस (कोभिड १९) राहत कोषको लागि आर्थिक सहयोग गरेको छ ।
बाँकेका नेपालगन्जमा उपमहानगरपालिका र कोहलपुर नगरपालिका सहित सबै गाउँपालिकालाई दस हजारका दरले आर्थिक सहयोग उपलब्ध गराएको हो ।
सोमबार बाँकेको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै स्याक नेपालकी फिल्ड सुपरभाइजर पुष्पा कुमारी सुनारले कोभिड १९ राहत कोषको लागी स्याकले सबै स्थानिय तहलाई सहयोग प्रदान गरेको बताउनुभयो ।
उता जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीले स्याकलाई धन्यवाद दिदै कोभिड १९ संक्रमण हुन नदिन गाउँपालिकाले सबै किसिमको सजगता अपनाएको र लकडाउनबाट प्रभावित दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने समुदाय तथा ब्यक्तिको लागी राहत वितरणको कार्य सुरु गरिसकेको समेत बताउनुभयो ।









