सितापुर युवा राहत कोषले मंगलबार १७५ घर परिवारलाई राहत प्रदान गर्ने

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर दुई सितापुरका युवाहरुले लकडाउनको अवस्थामा अतिबिपन्न र दिनभरी काम गरेर साझ हातमुख जोड्ने बिपन्न बर्गलाई मंगलबार राहत वितरण गर्ने भएका छन् ।

खजुरा वडा नम्बर दुईका युवाहरुले राहत संकलन तथा वितरणको लागी बनाइएको ‘सितापुर युवा राहत कोष’ का कोषाध्यक्ष समेत रहेका युवा नेता रमेश थापाले एक सय ७५ घर परिवारलाई राहत प्रदान गर्न लागिएको बताएका छन् ।

खजुरा वडा नम्बर दुईका युवाहरुले चैत्र २० गते सितापुर युवा राहत कोष निर्माण गरेर अति बिपन्न बर्गका परिवार कसैलाई भोकै बस्न दिदैनौ भनेर सहयोग संकलन गरि राहत कोष स्थापना गरेका थिए ।

‘सितापुर युवा राहत कोष’ ले मंगलबार बिहान दस बजे देखि राहत वितरण गर्ने छ भने कोषले १७५ घर धुरिलाई चामल , दाल , तेल , नुन र साबुन सहितको राहत प्याकेज उपलब्ध गराउने कोषका अध्यक्ष शान्त बहादुर खत्रीले बताएका छन् ।

सितापुर युवा कोषले तीन जना भन्दा बढी संख्या रहेको परिवारलाई २५ किलो चामल, दुई किलो दाल, दुइ लिटर खाने तेल, एक किलो नुन र साबुन प्रदान गर्ने छ भने तीन जना संख्या रहेको परिवारलाई १५ किलो चामल , डेढ किलो दाल, एक लिटर तेल, एक किलो नुन र साबुन प्रदान गर्ने छ त्यस्तै दुई जना संख्या रहेको परिवारलाई प्रती परिवार १० किलो चामल, एक किलो दाल, एक लिटर तेल, एक किलो नुन र साबुन प्रदान गर्ने कोषका सचिव नरेन्द्र ददेलले बताएका छन् ।

चैत्र २० गते खजुरा वडा नम्बर दुईका युवाहरुले ‘सितापुर युवा राहत कोष’ खडा गरि स्वतस्फूर्त रुपमा आफैले राहत कोषमा रकम जम्मा गरेका थिए । उक्त २५ सदस्यीय राहत कोषको समितिमा अध्यक्ष , उपाध्यक्ष , सचिव र कोषाअध्यक्षमा क्रमश शन्त बहादुर खत्री , कमल सिंह ठकुरी , नरेन्द्र ददेल र रमेश थापा रहेका छन।

प्रतिक्रिया