बृहत्तर यौनिकता शिक्षा सम्बन्धी कार्यशाला सम्पन्न

सुर्खेत:

बृहत्तर यौनिकता शिक्षा सम्बन्धी कार्यशाला सम्पन्न

बृहत्तर यौनिकता शिक्षा सम्बन्धी कार्यशाला बिहिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

नेपाल युवा संस्था (आयोन) ले सुर्खेमा कार्यररत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुका लागि एक दिने कार्यशाला गरेको हो ।

पत्रकारहरुले सञ्चार माध्यमद्धारा यौन तथा प्रजननका बारेमा समाचार सम्प्रेषण गरी आम नागरिकलाई जानकारी दिने भएकोले यस्तो कार्यशाला गरिएको आयोनकी प्रदेश संयोजक चरित्रा केसीले बताइन् ।

नेपालको परिपेक्षमा एक हजार जना महिलामा ४२ जनाले मात्र सुरक्षित गर्भपतन गर्छन ।

त्यसको कारण भनेको यौन शिक्षाको कमी हो । सबै स्थानीयतहहरुमा नयाँ पाठ्यक्रम बनाइरहेका बेला बृहत्तर यौनिकता शिक्षा सम्बन्धी पाठ्यक्रम बनाउन सके यौन शिक्षामा थप सहयोग पुग्ने बताइएको छ ।

प्रतिक्रिया