
नेपालगन्जको मुटुमा रहेको ‘रानी तलाउ’ यतिबेला सुन्दर देखिएको छ। अन्य समयमा दिनहुँजसो यस तलाउमा मानिसहरूको भिड रहने गर्थ्यो।
मानिसहरु तलाउमा बोटिङ गरिरहेको, तलाउका माछालाई चारो खुवाएर रमाइरहेको, रोटे पिङ खेलिरहेको दृश्य दैनिक देखिने गर्थ्यो।
तर लकडाउनका कारण यतिबेला ‘रानी तलाउ’ सुनसान बनेको छ। मानिसहरुको आवातजावत शून्य भएपछि तलाउ स्वच्छ रहेको देख्न सकिन्छ।
तलाउ छेउ वरपरमा लगाइएका विरुवा अनि फुलहरु सफा अनि सुन्दर देखिएका छन। हेर्नुस नागरिक समाजकर्मीको क्यामरामा कैद गरिएका ‘रानी तलाउ’का केही तस्वीरहरु :















