कपिलवस्तु :

कपिलबस्तु जिल्लाको जिल्ला समान्वय समितिको सभापती नारायण खनाल , उपसभापति तारा थारु (चौधरी) ,प्रदेश सभा सदस्य मा.साहसराम यादव लगायतको टोलिले आज सिमा नाका तथा क्वारेन्टाइनको अनुगमन गरेका छन् ।
अनुगमन टोलिमा सुष्मा यादव ,फौजिया नसीम ,रुनधावती शर्मा ,नेकपाका प्रभावशाली नेता चन्द्र कुमार बढई , मायादेवि गाउँपालिका प्रमुख बजरंगी प्रसाद चौधरी ,प्रशासकीय अधिकृत जनकराज पन्थी र सुद्दोधन गाउँपालिका का प्रमुख निसार अहमद खाँ ,प्रशासकीय अधिकृत कृष्ण ज्ञवाली लागायत सम्वन्धित वडा अध्यक्ष थिए ।
स्थानीय प्रतिनिधि तथा प्रहरीहरु को रोहवरमा दुबै गाउँपालिकाको सिमाना तथा क्वारेन्टाइन लागायत स्थलहरुको जिल्ला समन्यव समितिको टोलीले अनुगमन गरेको हो ।









