बैजनाथका युवा सक्रिय , टोलटोलमा बाटो सिल गर्दै पहरा

नेपालगन्ज :

बैजनाथका युवा सक्रिय , टोलटोलमा बाटो सिल गर्दै पहरा

नेपालगन्जमा आइतबार एकै दिन १५ जना नया कोरोना संक्रमीत पुष्टि भए संगै बाँकेको विभिन्न स्थानमा स्थानियबासीले आफ्नो वडा , गाउँ तथा टोलको सुरक्षाका लागि आफैले पहरा दिदै आएका छन् ।

उता बैजनाथ गाउँपालिका वडा नम्बर पाँच सहित विभिन्न वडामा स्थानिय युवाहरुले गाउँ तथा टोल प्रवेश गर्ने बाटोलाई सिल गरेर पहरा दिदै आएका छन् ।

खजुरा-बैजनाथको सिमानामा समेत युवाहरुले पहरा दिएका छन् भने बाटो सिल समेत गरेका छन् ।

कोरोना संक्रमितको संख्या बाँकेमा ह्वात्तै बढे संगै बाँकेका स्थानिय तहका अधिकांश गाउँ तथा टोलमा बाटो सिल गरिएका छन् ।

बैजनाथका युवा सक्रिय , टोलटोलमा बाटो सिल गर्दै पहरा

प्रतिक्रिया