नेपालगन्ज :

नेपाल वैद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्र खजुरा नो लाइटले आज सोमबार देखी विद्युत महशुल बुझाउनेहरुका लागि काउन्टर खोलेको छ ।
विद्युत महसुल बुझाउने ग्राहकलाई मध्यनजर गर्दै खजुराको नोलाइट काउन्टर सुरु गरिएको हो । नोलाइट शाखाले सामाजिक दुरि देखी अन्य सावधान अपनाएर काउन्टर खोलेको छ ।
उच्च सतर्कता अपनाउदै विद्युत महसुल बुझाउने ग्राहकहरुका लागी कार्यालय खोलेर ग्राहकलाई सहज बनाएको शाखाका प्रमुख अजय महासेठले बताएका छन् ।










