करुणा शाह ( महारानी)

आजभोलि प्राय सबै युबतीहरु राम्री अनि ग्ल्यामरस ,फेशनेबल, स्मार्ट देखिन चाहन्छन् ।
स्मार्ट फेशनेबल देखिनको लागि आफ्नो बडी मेन्टन, मौसम अनुसारको पहिरन, मेकअप, हेयर स्टाएल, जुत्ताको छनौट राम्रो संग गर्न सके मात्र आफूलाई फेशनेबल बनाउन सकिन्छ ।
प्राय सबैले गर्मीमा युबतीहरु फेशनेबल र ग्ल्यामर्स देखिन्छन् भन्ने गर्द छन् । कारण समर सिजनमा खुल्ला तथा छाेटाे, वानपिस, जम्सुट, टु पिस, ठुलो साइजको सनग्लास, सिलिपर स्यानडल जस्ता फेशनेबल लाग्ने पहिरन हुन्छ । तर जाडाेमा पनि युवतीहरु मौसम अनुसार निकै फेसनेबल र हट देखिन्छन् ।
पुषको महिना । मुटु काप्ने जाडाे । … उफ क्या जाडाे । यस्तो जाडोमा कसरी अफिस जाने ? कसरी बाहिर निस्किने ? जाडाे महिनामा प्राय बालबालिका, बृद्ध-बृद्धा र कामकाजी मानिसहरुलाई सरै ग्राहो हुन्छ। साथै बिपन्न बर्गको मानिसलाई जाडाेले धेरै सताउने गर्छ ।
जाडाेमा बढे संगै यो मौसममा तातो मसरुम सुप, कफि, हट एन्ड साउर सुप, चिकेन सुप, झोल मम खानको लागि धेरै ग्राहक आउने गरेको बताउछ्न सुनाखरी रेस्टुरेन्टका एम .डि घनश्याम शर्मा ।
जाडो मौसममा लङ काेट, उलन स्कार्फ, उलन वानपिस, विभिन्न डिजाइनको कलरफुल टाेपि, हाइनेक, साथमा लाङ बुट लगाउदा युबतिहरु फेसनेबल देखिन्छन् ।
नेपालमै सबैभन्दा गर्मी भनेर चिनिएको ठाउँ हो नेपालगन्ज । यहाँ जाडोमा एकदमै जाडाे र गर्मीमा पनि एकदमै गर्मी हुने गर्छ । कहिले काहीँ हप्ता दिनसम्म बाक्लो हुस्सु लाग्ने गर्दछ । तर यहीँ जाडाेमा बुट, लङ काेटमा सजिएका युवतिहरु निकै फेशनेबल भएर बजारमा निस्किएको हामिले देख्छौ ।
प्राय ब्यस्त नै हुने (रिपोर्टिङको लागि घेरै ठाउँ पुग्नुपर्ने) पेसा हो पत्रकारिता । पहिले प्राय: सोभर पहिरनमा मात्र पत्रकारलाई देख्न सकिन्थ्यो भने हिजोआज सबैलाई फेशनेबल देखेने चाहानाका साथै फेसनप्रतीको सेन्सले गर्दा समय अनुसारको पहिरन लगाएर हिड्न रुचाउँछन् ।
कान्तिपुर पब्लिकेशनकी पत्रकार एवं पत्रकार महासंघकी केन्द्रिय सदस्य मधु शाही बुटको निकै शोकिन भएको बताउछिन् । जाडाे मौसममा चुज पाइन्ट या बाक्लो लेगिन्समा बुट साथै उलेन टाेपि, पन्जा, मफलर लायो, न्यानो पनि हुने र फेसनेबल पनि देखिने बताउछिन् उनी ।

जाडाे महिना भरी प्राय बुटनै लगाउने उनी संग हाफ, मिडियम, लङ गरि बुटको राम्रो कलेक्सन रहेको बताउछिन् , -‘कहिँ घुम्न जादा लङ बुट लगाउछु । रिपोर्टिङमा निस्कदा भने प्राय हाफ र मिडियम बुटनै लगाउछु ‘ ,मधु बताउछिन् ।
नेपालगन्ज शहरमा जाडाेको मौसममा प्राय सबैले बुटनै लगाउने गर्द छन् । विभिन्न डिजाइनका बुट अहिले पसलमा सजाएको देखिन्छ। यस्तै नेपालगन्ज बेलासपुर निवासी अर्चना शाह पनि गर्मी भन्दा जाडाे मन पर्ने बताउछिन् । उनी भन्छिन् – ‘वाउ… विन्टर सिजन लङ काेट, डाउन ज्याकेट , बुट, नेहा ककर वाला टाेपि, मफलर, उलनको वान पिस लाएर हिड्न क्या मन पर्छ’
यसै सिजनमा मात्र तिन जोर बुट किनेको अर्चना शाहलाई कालो कलर नै बढी मन पर्छ ।बाहिर घुम्न निस्किदा लङ बुट मनपरे पनि प्राय हाफ अनि हिल नभएको बुट मनपर्ने शाह बताउछिन् ।

चिसो मौसममा साथिहरुसंग रेस्टुरेन्ट गयो पिज्जा, झोल मोमो, सुप खान मनपराउने मिस नेपालगन्ज २०१५ कि बिजेता सुमन थापा पनि बुटको एकदमै सोकिन भएको बताउछिन् । हाफ, मिडियम र लङ गरि उनी संग पनि बुटको राम्रो कलेक्सन छ । ‘म धेरै जस्तो हाफ र मिडियम मात्र लगाउछु ‘, उनले भनिन् ।

जाडाे उनलाइ एक्दमै मनपर्ने मौसम हो । जाडाेमा पहिरनले पनि फेसनेबल देखिने बताउछिन् । नेपालगन्ज न्युरोडमा अवस्थित काठमाडौं शुमार्टमा लेडिजको सबैभन्दा बढी भेराइटि पाउने शुज सप हो ।
शुमार्टका संचालिका पनि त्यतिकै राम्री र फेशनेबल छिन् । चितवन निवासी सरिता शर्मा ६ बर्ष देखी नेपालगन्जमा शुपसल चलाउदै छिन ।
मिस डिभा नेपालगन्ज (बिबाहित महिलाको सौर्न्दर्य प्रतियोगिता) बिजेता सरिता आफुलाई गर्मी भन्दा जाडाेमा नै आफू राम्री र फेशनेबल देखिने बताउछिन् ।
उनी भन्छिन् – म त चितवन हुदा नै फेशनेबल हो, किनकी नेपालगन्ज भन्दा चितवन फेसनमा अगाडी छ। म बुटको निकै शोकिन हो ‘ ,उनले भनिन् ।

उनीसंग लङ, मिडियम गरि ९-१० जोर बुटको कलेक्सन रहेको उनी बताउछिन् । उनका अनुसार नेपालगन्जमा ५-६ बर्ष यताबाट बुटको माग अलि बढेको हो तर यहाँ सबै भन्दा बढी हाफ अनि मिडियम र कालो कलरका बुटहरु बढी ग्राहकको रोजार मा छ ।
घुडा भन्दा माथी सम्मको बुट एकदमै फेशनेबलले लाउने या कतै बाहिरबाट आउनेले लाएको देखिन्छ यहाँ। अहिले लेदर, भेल्भेतमा, हिलमा अनि फ्लाइटमा बुट चलेको छ।
प्रत्यक दिन आफ्नो पसलमा करिब १० जनाजतिले बुट लिने गरेको उनि बताउछिन् । आफुकहाँ २ हजारबाट ३५ सय सम्मको बुट छ । तर सबैभन्दा बढी २ हजार देखि २५ सय सम्मको बिक्री बढी हुने गर्छ ।
गत बर्षबाट भेलभेटमा (घुडा भन्दा माथी पछाडि तुना बाघ्ने) बुट चलेको छ , त्यो प्राय टिन एजका युबतीहरुले लगाउने गर्छन् ।
प्राय केटाहरुको रोजाइमा पनि हाफ बुटनै रोजाईमा छ । न्युरोड निगम फुट वयरका संचालक कृष्ण निगमका अनुसार आफुकहाँ अहिले केटाहरुको लागि टिम्बरल्याण्ड, टुटर मारटिन,डेलटा ब्रान्डका बुट रहेका छन् । १८ सय देखि ४५ सय सम्मको मुल्यमा रहेको छ । यो भन्दा महँगो बुटहरु उतिसारो बिक्री नहुने बताउछन् ।
पसलमा युवा-युवतीको बुट जस्तै बच्चाहरुको पनि एकदमै राम्रो राम्रो बुट पसलमा सजाएको देखिन्छ ।

कारकादो निवासी ११ वर्षिय आर्सिया चन्दलाई पनि बुट एकदम मन पर्छ । उनि भन्छिन् – म त स्कुल जादा स्कुलको शुज अनि बहिर जादा त सघै बुट लगाउछु ।
बुट संगै बजार अहिले न्यानो कपडाले तातिएको छ । बजारमा स्वइटर, ज्याकेट, टाेपि, ट्राउजर जस्ता उलनका कपडा देख्न सकिन्छ । नेपालगन्जको न्युरोडमा भएको ड्रेस मि फेन्सी पसलमा तपाईंले खोजे जस्तै रोजेजस्तै बिभिन्न डिजाइनको ब्रान्डका कपडा पाउनु हुन्छ।
‘ड्रेस मी’ का संचालक राज शाहका अनुसार अहिले आफू कहाँ कोरिएन हुडडि, डाउन ज्याकेट, जिन्स कपडामा भित्र भुवा भएको ज्याकेट, लङ कोट, उलेनमा हाइनेक, वानपिस ,लेदर ज्याकेट, जाडाेमा लाउने भित्र भुवा भएको पाइन्ट, ट्र्याकसुट सेटमा नाइक, एडिडास, एच एमको ट्राउजर चलेको छ। हामी सबै सामान राम्रो ब्रान्डको नै राख्छौं ।

अहिले आफुकहाँ २ हजार देखि ३ हजारसम्मको डाउन ज्याकेट, २१ सय देखि ३५ सय सम्मको ट्र्याकसुट सेटमा भएको उनी बताउछन् । साथै ड्रेस सपमा राम्रो ब्रान्डको स्याण्डल र पर्स पनि पाउछ।
अहिले नेपालगन्जको सेल बजारमा पनि घेरै ग्राहकहरु आकर्षीत भएका छन् । सबै समान एउटै पसलमा पाउने हुँदा ग्राहकहरु यता सपिङ्गको लागि घेरै आउने गरेको बताउछन् । बागेश्वरीटाेल स्थित सिद्दिबिनायक कलेक्सनका संचालक प्रान्सु विभिन्न मुल्यका हुड र वान पिस आफू कहाँ भएको बताउछन् ।
सेल मार्केट भने पछि कतिको सोचाइ कपडा राम्रो हुदैन भन्ने जस्तो गर्छ्न तर हाम्रो ग्राहकले हामी कहाँबाट नै कपडा लिन्छ्न सबै कपडा एउटै ठाउँबाट आउने हो, उनले भने ।











