खिम प्रसाद घिमिरे (के .पि घिमिरे)
नेपालगन्ज – कोहलपुरमा भएको दुर्घटनाका घाईतेलाई थप उपचारकालागि काठमाण्डौं रिफर गरीएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएकी कोहलपुर नगरपालिका वडा नं. १० कि बालिका प्रकृती चन्दलाई थप उपचारकालागि काठमाण्डौं रिफर गरिएको हो ।
चन्दसँगै अन्य दुई जनालाई सेनाको हेलिकोप्टर मार्फत काठमाण्डौं लगिएको हो । उनिहरुको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको थियो ।
आईतबार विद्यालयतर्फ जार्दै गरेकी एक छात्रालाई ट्रकले किचेको थियो ।
कोहलपुर वडा नं. १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो ।
घटनामा चन्दको दुबै खुट्टा पुर्ण रुपमा पिल्सीएका छन भने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।










