युनियन लाईफ ६ नम्बर प्रदेशका कर्मचारीको कोभिड-१९ बिमालेख जारी

नेपालगन्ज : युनियन लाईफ इन्स्योरेन्स कम्पनी अन्तर्गत कर्णाली प्रदेशका सम्पुर्ण शाखा प्रमुख तथा कर्मचारीहरुको कोभिड-१९ बिमालेख जारी गरिएको छ।

विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस अर्थात कोभिड-१९ को महामारीको यस्तो विषम परिस्थितिमा पनि आफ्नो ज्यान जोखिममा राखेर निरन्तर काम गर्ने आफ्ना कर्मचारीहरुको लागि उक्त बिमा जारी गरिएको कम्पनीले जनाएको छ।

एक लाख बिमांकको उक्त बिमालेख, प्रदेश ६ अन्तर्गत रहेका सबै ४६ जना कर्मचारी हरुको गरिएको हो। उक्त बिमालेख, सोही कम्पनीमा आवद्ध प्रदेश प्रमुख नारायण पंगेनी तथा उप प्रमुखहरु किसोर थापा र गोबिन्द रेग्मिको ब्यक्तिगत लगानी मा भएको हो।

ब्यक्तिगत लगानिमा आफू अन्तर्गत रहेका कर्मचारीहरुको बिमालेख जारी गर्नुको कारण बारे जिज्ञासा् राख्दा “अत्यावश्यक बिमा सेवा दिने क्रममा कर्मचारिको मनोबल उच्च राख्न यस्तो कदम चालिएको” प्रदेश प्रमुख पंगेनिले बताउनुभयो।

साथै उहाँले भन्नुभयो, “जीवन अमुल्य छ सुरक्षित गर्नुहोस, भइपरी हुने जोखिक न्यूनीकरण गर्नुहोस।”

प्रतिक्रिया