सस्तो र महँगो वेबसाइट !

रमेश बि.सी.

सूचना प्रविधिको बिस्तारमा वेबसाइटले प्रमुख भूमिका निर्वाह गर्दछ ,विभिन्न कार्यालयहरुक वेबसाइट, न्युजका वेबसाइट, फोटोको वेबसाइट, समाचारको वेबसाइट , भिडियोको वेबसाइट अनि जानकारी मुलक वेबसाइटहरु विभिन्न कीसिमका हुन्छन् ।

यस्तै बिभिन्न कीसिमका वेबसाइटहरु बनाउने खर्च पनि फरक किसिमका हुन्छन् । वेबसाइटको स्पेस, वेबसाइटको पेज, वेब होस्टीङ स्पेस, अनि वेब होस्टीङको क्वालिटी, डोमेनको नाम , डेभलपमेन्ट मेथड , फ्रेमवर्क , सिस्टम, लेआउट आदि जस्तै कुराहरुले वेबसाइट निर्माण कार्यलाई महंगो र सस्तो पर्ने गर्दछ।

वेबसाइटको पेज संख्याको आधारमा वेब स्पेसको आधारमा, इमेलको संख्याको आधारमा, स्टाटिक वा डाइनामिक वेबसाइटका आधारमा, अनि एप्लीकेशन तथा कोडीङ्ग , स्क्रिप्टका आधारमा पनि कम र बढी खर्च लाग्ने गर्दछ।अथवा आफै चाहेको रकम अथवा बजेट अनुसार पनि वनाउन सकिन्छ ।

वास्तवमा भन्ने हो भने सेवा तथा सुविधा अनुसार वेबसाइटको शुल्क सस्तो र महँगो हुन जान्छ । ग्लोबल मार्केटमा तपाईको उत्पादन , संस्थाको चिनारी , परिचय , तपाईको कार्यक्रम , अन्य विवरण ,फोटो भिडियोहरु आदिलाई वेबसाइटको माध्यमबाट प्रबर्धन गर्न सकिन्छ। राम्रो वेबसाइटले राम्रो प्रस्तुति गर्दछ भने नराम्रो वेबसाइटले नराम्रो नै प्रस्तुति गर्दछ ।

वेबसाइट बनाउनु भनेको घर बनाउनु जस्तै हो, कस्तो बनाउने , केके बनाउने , कहाँ कहाँ के के राख्ने, जसरी घर बनाउदा राम्रो सिमेन्ट, छड, रंग आदि मिलाई कुसल कामदार बाट बनाइन्छ , वेबसाइट बनाउदा पनि त्यस्तै हो। वेबसाइटले तपाइको संस्थाको परिचय , तपाइको संस्थाको स्ट्यानर्डड मेन्टेन गर्न सहयोग गर्छ ।

मान्छे राम्रो लाउनु , राम्रो लाउनु मात्र हैन राम्रो घरमा बस्न पनि रुचाउछन् । यसैगरी वेबसाइट भन्ना साथ ३/४ पेजको नराम्रो फरम्याटको नभई राम्रो अप्टीमाईजेशन, होस्टिंग लोकेशन , नेटवर्क स्पीड , अपटाइम , ब्यान्डविथ, लोडिंग स्पीड , युजर फ्रेन्डली भएको आदि सबै कुरा मिलाएर बनाउनु पर्छ ।

वेबसाइट बनाउदा मुल्यमा फरक पर्ने केही महत्वपूर्ण कुराहरु

वेब स्पेस :डेभलपरले बनाई सकेको वेबसाइटलाई , कुनै पनि २४ सै धण्टा सातै दिन ३६५ दिन अनलाइन् रहने कम्प्युटरमा होस्ट गर्नु पर्ने हुन्छ, जसलाई वेब होस्टिङ्ग भनिन्छ, तेस्तो किसिमको सर्भर; नेर्टवर्क स्पीड ,सेक्युरिटी, स्टोरेज टाइप , अपटाइम , व्याकप् तथा रिस्टोरको सिस्टम अनुसार वेबस्पेसको रकम कम र बढी हुन्छ । धेरै फाईलहरु राख्नको लागि वेब स्पेस बढी लिनु पर्दछ भने कम स्पेस , कम इमेल संख्या आदिको लागि अलि कम स्पेस लिदा पनि हुन्छ ।

ब्याण्डवि्थ : प्राय वेबसाइटको जति स्पेस हुन्छ ब्याण्डविथ तेसको १० गुना हुन्छ (यो सेयर्ड होस्टिंग मा प्राय हुन्छ )। वेबसाइटमा भएको फाईल डाउनलोड हुने वा अपलोड हुने प्रक्रिया नै ब्याण्डविथ हो। त्यसैले वेबसाइट बनाउदा ब्याण्डविथ अनुसार पनि त्यसको रकम कम र बढी हुन आउछ ।

डेभलपमेन्ट कस्ट : राम्रोसंग सबै कुरा मिलाएर वेबसाइट बनाउन निक्कै समय लाग्छ। कनटेन्टको आधारमा ,पेजहरुको आधारमा , स्क्रीप्टको आधारमा अनि वेबसाइटको टाइप अनुसार वेबसाइट बनाउन बढी र कम पैसा लाग्छ। डेभलपमेन्ट कस्ट प्याकेज अनुसार वा काम गरेको समयको बेसमा बिलिंग गर्ने गरिन्छ।

डोमेन रेजिस्ट्रेशन : वेबर्साईटको एड्रेस .कमडट ,यन पि , आदि जस्ता सयौ एक्सटेनसनमा हुने गर्दछ। टप लेवल डोमेन र कन्ट्री कोड टप लेवल डोमेन अनुसार डोमेनको नाम राख्ने गरिन्छ। .कम डोमेनहरु रु १००० देखि रु १५०० वा रु २००० बार्षिक रुपमा पर्दछन । डट यन पी मा आधारित डोमेनहरु मर्चनटाइल कम्युनिकेसन काठमाडौ बाट दर्ता गरिदै आइरहेको छ।

र्सच इन्जिन अप्टीमाजेशन : वेबसाइटको पेजमा भएको कन्टेन्ट, टाइटल , मेटा ट्याग्स, कीवोर्ड्स साथै वेबसाइटको ऐज, लेआउट, फर्मेशन आदि जस्ता कुरा अनुसार कुनै पनि वेबसाइटले गुगल क्रलको प्रक्रिया पुरा गरि तेस्तो कुनै कुरा लाई र्सच गर्दा वेबसाइट गूगल र्सचको पहिलो पेजमा वा अन्य पेजमा देखाउने गर्छ। यस्तै थुप्रै कुराहरु मिलाई र्सच इन्जिन अप्टीमाईजेशन गरिनाले डेभलपमेन्ट कस्ट बढ्ने गर्दछ ।

एडोंन्स : थर्ड पार्टि प्लगिन्स, च्याट स्क्रिप्ट , यनलाईटिकल कोडहरु थर्ड पार्टि एप्लिकेसन प्रोभाइडर बाट किनी वेबसाइटमा एम्बेड गर्दा त्यो प्रोभाइडर लाई लाग्ने चार्जले गर्दा पनि वेबर्साईटको पैसा कम र बढी हुन्छ ।

ग्राफिक्स : वेबसाइटमा हुने डिजाइन , किनेर राख्नु पर्ने (पेड) फोटोहरु, ब्यानरहरु के कस्तो बनाउने हो तेही अनुसार पनि डेभलपमेन्ट कस्ट बढी र कम हुने गर्दछ । यो कस्ट ग्राफिक्स डिजाइनिङ्ग कस्ट अन्तर्गत पर्दछ ।

अडियो र भिडियो अनि एप्लिकेशन : वेबसाइटमा बिभिन्न भिडियो एनीमेशन, अडियो , एप्लिकेशनहरु के के राख्ने, सो कुराहरुले स्पेस कति लाग्ने हो , कस्तो टाइपको एप्लिकेसन राख्ने हो त्यो कुराहरुले अहम भूमिका खेल्छ । भिडियो पनि क्वालिटी अनुसार कम र बढी हुन्छ ।

अपडेट र मेन्टिेनेन्स : वेबसाइट बनाएर छोड्नु मात्र हैन, बेला बेलामा यसलाई अपडेट पनि गरि राख्नु पर्दछ। कन्टेन्ट म्यानेजमेन्ट बेस्ड वेबसाइटहरु सजिलै संग अपडेट गर्न सकिन्छ भने नन सी यम यस बेस्ड वेबसाइटहरु अपडेट गर्न गाहृो हुन्छ डेभलपर र क्लाईन्टको निर्माण समझदारी अनुसार नै यसको रकम उल्लेख गरिएको हुन्छ ।

कन्टेन्ट राइटिङ्ग : कुनै पनि संस्था , सेवा, उत्पादन आदीको वेबसाइट निर्माण गर्ने क्रममा , त्यस सँग सम्बन्धित जानकारी बिस्त्रित रुपमा लेख्नु पर्ने हुन्छ , जस्का लागि दक्ष्य तथा अनुभबी ब्यक्तीले लेख्दा त्यस संस्था , सेवा, उत्पादनको पूर्ण जानकारी काम समयमा दिन सकिन्छ ।

सपोर्ट / भिजिट : वेबसाइट अपडेट सम्बन्धि सपोर्ट,साथै क्लाइण्ट भिजिट,रेगुलर अपडेट आदि कुराहरुले मुख्य रुपमा वेबसाइट निर्माण प्रक्रिया सस्तो र महँगो पर्दछ । यस्तै फोटोग्राफि, मोनिटरिङ्ग जस्ता कुराले पनि वेबसाइट कस्ट मा फरक पर्ने गर्छ

प्रतिक्रिया