जगतदल जनाला विक /सुर्खेत :

नौलो जागृती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बुधवार साधारण सभामा कोषाध्यक्ष सुमित्रा कोइरालाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा २ करोड १९ लाख २३ हजार ७५ रुपैयाँको कुल कारोबार गरेको छ ।
यस्तै १४ लाख ५२ हजार दुई सय रुपैयाँ रहेको छ । हकारीहरुलाई मर्ज गरी ठुलो मात्रमा लगानीलाई बढाई आम नागरिकको सारथीका रुपमा सहकारी उभिनुपर्ने नेपाल बचत तथा ऋण सहकारी संघ (नेप्स कुन ) सुर्खेतका प्रमुख छत्र धमालाले बताए ।
नयाँ–नयाँ बचतहरु सुत्केरी बचत, तिज बचत, गहना बचत जस्ता बचतका कार्यक्रम ल्याउन जरुरी रहेको उनले बताए ।
संस्थाका अध्यक्ष बिष्णु ज्ञवालीले सहकारीलाई थप अगाडी बढाउन विभिन्न कार्यक्रमहरु गरिने बताए ।
साधारण सभामा वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी सचिव नन्दा विकले सहकारीले कृषि तथा पशुपालन, तरकारी खेती, व्यापार व्यवसायका क्षेत्रमा काम गरी शेयर सदस्यहरुलाई आर्थिक स्तरमा वृद्धि गरेको बताइन् ।
साधारण सभाले सुमित्रा कोइरालाको अध्यक्षतामा ७ जनाको नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा सकुन्तला थापा, सचिवमा मायाँ नेपाली, कोषाध्यक्षमा भोज कुमारी मल्ल, सदस्यमा तारा गौतम, नेत्रा चालिसे, सिता सुवेदी चयन भएका छन् ।
यस्तै संस्थाको लेखासमिति संयोजकमा टायल कुमारी चन्द, सदस्यमा गिता बोहोरा र सावित्री योगीलाई चयन गरिएको छ ।









