सहकारी प्रकरण : संस्थापक अध्यक्ष चौधरी पक्राउ

सांकेतिक तस्बिर

४५ करोड रकम हिनामिना गरेको आरोप लागेका सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगन्जका सञ्चालक समितिका संस्थापक अध्यक्ष हरदेवबक्स चौधरीलाई बाँके प्रहरीले आज नियन्त्रणमा लिएको छ । 

अध्यक्ष चौधरी सहकारीको रकम हिनामिना प्रकरणपछि फरारर रहेको थिए । सहकारी र सहकारीका पदाधिकारीसंग बयान लिने क्रम चलिरहेको अवस्थामा पनि प्रहरीले उनलाई खोजीरहेको थियो ।

प्रहरीको खोजी सूचीमा रहेका संस्थापक अध्यक्ष चौधरी अहिले नेपालगन्जमै रहेको विशेष सुराकीको आधारमा प्रहरीले शनिबार विहान पक्राउ गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए । उनका अनुसार पक्राउ परेका सहकारीका संस्थापक अध्यक्ष चौधरीलाई बाँके प्रहरीले आफ्नो नियन्त्रणमा राखि उनीमाथि प्रारम्भिक अनुसान्धान थालेको छ ।

उक्त रकम हिनामिना घटनामा आरोपित मध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । कतिपयका विरुद्ध मुद्दा दायर भइसकेको छ तर, फरार रहेका संस्थापक अध्यक्ष चौधरी शनिबार पक्राउ परेको र उनीमाथि अनुसन्धान भइरहेको छ । उनीमाथिको अनुसन्धानबाट चौधरी दोषी ठहरिए उनका विरुद्ध पनि कानूनी प्रकृया अघि बढाईने बाँके प्रहरी बताँउछ ।

यसअघि संस्थाका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिइसकेको छ । उनीहरु कारागारमा सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया