१२ जना जेष्ठ नागरिकलाई कम्बल वितरण

नेपालगन्ज :

बैंक

राष्ट्रिय बाणिज्य बैंक त्रिभुवन चोक नेपालगन्ज शाखाले बाँके कण्ठीपुरका १२ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ ।

चिसो र शितलहरुले बृद्धहरु बढी प्रभावित भएपछि बैंकले सामाजिक उत्तरदायित्व भन्दै नेपालगन्ज १९ कण्ठीपुरमा एक कार्यक्रम आयोजना गरि ७० वर्ष पुगेका १२ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो ।

सम्बृद्धिसंग जोडौ नाता सबै नेपालीको बैंक खाता भन्ने नाराका साथ बैंक शाखा प्रबन्धक ललित शाही र वडा सदस्य अमृता शाहीले उक्त कम्बल वितरण गर्नुभएको थियो ।

त्यस अवसरमा बैंकले प्रदान गर्ने कर्जा, बचत लगायत विभिन्न सेवा सुविधाका बारेमा समेत जानकारी गराइएको थियो ।

कार्यक्रममा ३५ वटा निशुल्क खाता पनि खोलिएको थियो । नयाँ खोलिएको खातामा रु एक सय निशुल्क रुपमा जम्मा गरिएको शाखा प्रमुख शाहीले बताउनुभयो । बैंकले यस्तो कार्यक्रम त्रेमासिक रुपमा गर्दै आएको छ ।

प्रतिक्रिया