बाँके :

बाँकेको कोहलपुर ११ मा रहेको श्री रारा बिजय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाको प्रमुख आतिथ्यमा तथा संस्थाकी अध्यक्ष बसन्ती सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सम्पन्न साधारणसभामा कोहलपुर १० का अध्यक्ष निरज चलाउने , बैजनाथ ४ का अध्यक्ष काली बहादुर सिंह, साना किसान संजाल बाँकेका अध्यक्ष जानकी पुन, बहुउद्देश्यीय जिल्ला संघ बाँकेका सचिब हरि चालिसे, बैजनाथ युवा संघका अध्यक्ष यज्ञ पुन, हाम्रो कृषि गौरब सहकारी संस्थाका अध्यक्ष भोला शर्मा, पन्चमुखी ई मि स्कुलका सहायक प्रीन्सिपल डिल्लीराज घिमिरे , नब किरण बहुउद्देश्यीय सहकारीका अध्यक्ष राजु रुचाल, बैजनाथ ४ बानियाभार पशु तथा कृषि हाट बजारका सचीव मोहन चन्द, बैजनाथ ६ का सदस्य पुतली हमाल लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सम्पन्न साधारण सभामा सहकारीका सचीव प्रकाश शाहले वार्षिक प्रतिबेदन पेश गर्नु भएको थियो भने , उक्त प्रतिबेदन मार्फत आफ्ना सेयर सदस्यको रकम रु १० हजार भन्दा माथी भएकोे र सुत्केरी प्रोत्साहन भत्ता स्वरुप रु ५ हजारका दरले दुई पटक सम्म प्रदान गरिने समेत घोषणा गरिएको छ ।

साथै संस्थाले आफ्नो नयाँ उत्पादनको रूपमा विभिन्न परिकारका अचार साधारण सभाको अबसरमा बजारमा ल्याएको छ।
आफ्नो सहकारीमा आबद्ध भएका महिला सदस्यहरुको सामुहिक हित र रोजगारीका लागी अचार बजारमा ल्याएको प्रबन्ध निर्देशक दिपक कुमार राईले बताउनु भयो।
बी.स. २०६५ मा दर्ता भएता पनि २०७२ मा नयाँ संचालक समितीले ५० जना शेयर सदस्यबाट शुरु गरेको संस्थामा हाल ३१०८ सदस्य आवद्ध रहेको र रु ५ लाख बाट शुरु गरेको कारोबार २ करोड १८ लाख ४७ हजार ४ सय ८४ रुपैयाँ ३ पैसा वार्षिक कारोबार गर्न सफल भएको संचालकले बताएका छन् ।
संस्थाले हालै अचार बजारमा ल्याएको र आगामी दिनमा बुटिक र चाउमिन उद्योग सन्चालन गर्नको लागी सबै तयारी पुरा गरेको समेत जानकारी दिएको छ ।
सम्पन्न साधारण सभामा उत्कृष्ट कर्मचारी उत्कृष्ट बचत कर्ता लाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सहकारी लाई सफलताको शिखरमा पुर्याउन सहयोग गर्नुहुने कर्मचारी ,शेयर सदस्य , बचतकर्ता , अतिथी सबैलाई धन्यवाद ज्ञापन गर्दै श्री रारा बिजय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष बसन्ती सिंह ठकुरीले कार्यक्रमको समापन गर्नु भएको हो भने कार्यक्रम साना किसान जिल्ला कृषि संघका सचिब लोकेन्द्र चन्दले संचालन गरेका थिए ।









