कोहलपुर :

बाँके जिल्लाको कोहलपुर नगरपालिका स्थित संचालनमा रहेको नेपाल नागरिक उधम सहकारी संस्था लिमिटेडको सोमबार चौथो साधारणसभा उक्त सहकारीद्वारा संचालन गरिएको सत्कार होटेलको सभाहलमा भब्य कार्यक्रमका बिच सम्पन्न भएको छ ।
प्रदेश न ५ का माननीय सांसद पार्बती पुनको (उषा) को प्रमुख आतिथ्य तथा राष्ट्रिय सहकारी बैंक कोहलपुरका सहायक प्रबन्धक प्रकाश कार्की बिशिस्ट अतिथि रहेको कार्यक्रममा स्वजन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुस्पराज हमाल, नेपाल नागरिक उधम सहकारी संस्थाका अध्यक्ष ललित पहाडीको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो भने उक्त कार्यक्रममा सस्थाको तर्फबाट ब्यवस्थापक डिलमाया डाङ्गिले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा अध्यक्ष ललित पहाडीले वार्षिक प्रतिबेदनमा हालसम्म भए गरेका काम र आगामी दिनमा गरिने नयाँ योजना को बारेमा समेत बोल्नुभएको थियो।
प्रतिवेदनअनुसार नेपाल नागरिक उधम सहकारी सस्था लि को वार्षिक कारोबार रु १ करोड ७ लाख ९ रुपैयाँ कारोबार गर्न सफल भएको छ भने रु १ लाख १० हजार ६५ रुपैयाँ खुद मुनाफा भएको प्रतिबेदन मार्फत अध्यक्ष पहाडीले बताउनु भयो ।
संस्थामा हाल १ हजार २ सय ७३ सदस्य आबद्ध रहेका छन् भने कार्यक्रममा उत्कृष्ट बचतकर्ता उत्कृष्ट ऋनि र अनुशासित कर्मचारी लाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय पार्बती पुनले कुनैपनी आवश्यकता प्राप्तिका लागी पहलकदमी तथा माग गरेमा उधम सन्चालन गर्न स्वरोजगार बनाउन सहकारीको भुमिका भए आफुले सक्दो पहलकदमी गरि त्यस्ताखाले कार्यक्रमका लागी आवश्यक बजेटको ब्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।
त्यस्तै ,कार्यक्रममा सहभागी सबैलाई धन्यवाद र विशेषगरि प्रमुख अतिथी बिशिस्ट अतिथी अतिथी शेयर सदस्य कर्मचारी सबैलाई धन्यवाद दिदै अध्यक्ष पहाडीले कार्यक्रम समापन गर्नुभएको थियो भने उक्त कार्यक्रमको संचालन अम्मर कटुवालले गर्नुभएको थियो।









