मंगलबारदेखि घट्दै आएको सुनको मूल्य शुक्रबार (आज) तोलामा ८ सय रुपैयाँले बढेको छ ।
बिहीबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सयले बढेर तोलाको ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । चाँदीको मूल्य आज तोलाको एक हजार १ सय ६० रुपैयाँ पुगेको छ ।









