सद्भावको सहर नेपालगञ्ज पुस्तक विमोचन, नेपालगन्जको इतिहास देखि वर्तमान

नेपालगञ्ज

सद्भावको सहर नेपालगञ्ज पुस्तकमा

मध्यपश्चिम स्रष्टा समाज नेपालगञ्जद्धारा प्रकाशित सद्भावको सहर नेपालगञ्ज पुस्तक सोमबार विमोचन गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आंशीक सहयोगमा प्रकाशित लेख संग्रहीत पुस्तकको आज नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शमशेर राणाले विमोचन गर्नु भएको हो ।

विशिष्ठ व्यक्तिहरुद्धारा लेखीएका नेपालगञ्जसँग सम्वन्धित विश्लेष्णात्मक लेख सद्भावको सहर नेपालगञ्ज पुस्तकमा समेटीएका छन् ।

अमृत शर्मा ढकालद्धारा सम्पादित पाच सय ३२ पेजको सो पुस्तकमा नेपालगञ्जको इतिहास देखि वर्तमान सम्मको समग्र पाटोमा प्रकाश पार्ने प्रयास गरिएको छ ।

नगर प्रमुख राणाले पुस्तकले नेपालगञ्जको समग्र अध्यनसँगै थप अनुसन्धान गर्न मद्यत पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।

नगर उपप्रमुख उमा थापामगरले अध्यनमुलक पुस्तक प्रकाशनमा उपमहानगरपालिकाको सहकार्य रहने विश्वास दिलाउनु भयो ।

पुस्तकमाथि टिप्पणी गर्दै खगेन्द्र गिरि कोपीलाले सद्भावको सहर नेपालगञ्ज लाई अझैं परिमार्जित गरेर थप विषयवस्तु सहित दोस्रो संस्करण प्रकाशन गर्न पनि अपील गर्नु भयो ।

स्रष्टा समाजका सल्लाहकार, पुस्तकका निर्देशक एवं वरिष्ठ साहित्यकार सनर रेग्मीले प्रकाशन गर्दाको अनुभव , समावेश लेख र विषयबारे प्रष्टयाउनु भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमील्सेनाले स्थानीय सरकारले पुस्तक प्रकाशनमा सहयोग गर्न कञ्जुस्याई गर्न नहुने भन्दै अपनत्व र स्वामित्व लिन पनि आहवान गर्नु भयो ।

स्रष्टा समाजका कार्यवाहक अध्यक्ष शुक्रऋषि चौलागाईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत समाजका सचिव अमृत शर्मा ढकालले गर्नु भएको थियो भने सञ्चालन सदस्य विपी अस्तुले गर्नु भएको थियो ।

सोही समारोहमा लेखकलाई पुस्तकसहित पारिश्रमिक पनि उपलव्ध गराइएको थियो ।

प्रतिक्रिया