पश्चिम नवलपरासीको सुनवल नगरपालीमा औद्योगिक ग्राम बन्ने

गंगा बिश्वकर्मा /नवलपरासी :

पश्चिम नवलपरासीको सुनवल नगरपालीमा औद्योगिक ग्राम बन्ने भएको छ ।

नेपाल सरकारको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले स्थानिय तहमा औद्योगिक ग्राम स्थापना गर्ने निति अनुरुप पहिलो चरणमा ३२ स्थानिय तहलाई रकम उपलब्ध गराएको छ । जसमा पश्चिम नवलपरासीको सुनवल नगरपालीका पनि परेको छ ।

सुनबल नगरपालीकाको बडा न ४ को चारघरेमा औधोगीक ग्राम बन्ने नगरपालीकाका प्रमुख भिम बहादुर थापाले बताउनुभएको हो ।


ग्रामका स्थापनाका लागी सुनवल नगरपालीका सहित ३२ ओटा स्थानिय तहले ९२ लाख रुपैयाका दरले अनुदान रकम प्राप्त गरेका छन । अनुदान प्राप्त गरेका ३२ बटा पालिकाहरुले आफ्नै स्रोतबाट १५ दिनभित्र औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन कार्य सुरु गरी तीन महिनाभित्र सोको स्वीकृत प्रतिवेदन मन्त्रालयमा बुझाइसक्नुपर्ने छ ।

सोहि अन्र्तगत सुनबल नगरपालीकाले पनि विस्तृत परियोजना प्रतिवेदनको (डीपीआर) प्रकृया सुरु गरिसकेको नगरप्रमुख थापाले जानकारी दिनुभएको हो । घरेलु तथा साना उद्योग कार्यालय नबलपरासी पश्चिमले डिपिआरको प्रकृया सुरु गरेकोमा करिब २ महिनाको अन्तराल पछि प्रतिबेदन आइसक्ने प्रमुख थापाले उल्लेख गर्नुभयो ।

डीपीआर बनाउंदा औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्बन्धी कार्यबिधी २०७५ को मापदण्ड अनुसार सेवा सुविधा उपलब्ध हुने आधारमा तथा वातावरणीय संवेदनशीलता र जियो हाजार्डयुक्त क्षेत्रको पहिचान गरी आधार नक्सा तयार गर्नुपर्ने छ ।

करिब १२ बिघाको क्षेत्रफलमा रहने औद्योगिक ग्राममा स्थानियहरुलाई घरेलु तथा साना उद्योगको लगानीमा आकर्षित गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने नगरप्रमुख थापाले बताउनुभएको छ ।


औद्योगिक ग्राममा पहुँच मार्ग, जग्गा विकास ( ल्याण्ड पुलिङ) विद्युत प्रशारण लाइन, भूमिगत र सतही ढल, औद्योगिक फोहोर व्यवस्थापन र फोहोर पानी प्रशोधन संयन्त्र, प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था लगायतका पूर्वाधार बनाइनुपर्ने सम्झौतामा उल्लेख छ ।


औद्योगिक ग्रामभित्र उद्योगका उत्पादन प्रदर्शनी र बिक्री कक्ष, अग्नि नियन्त्रक, चमेना गृह, पार्किङ र आराम कक्ष पनि बनाउनुपर्ने छ ।
सुनवल सहित प्रदेश पाँचका तिलोत्तमा, सैनामैना, तानसेन र रामपुर नगरपालिकामा पनि औद्योगिक ग्राम बन्ने निश्चत भएको छ ।

प्रतिक्रिया