दक्षिण कोरियाले उडायो मानवरहित ड्रोन ट्याक्सी

सउल :   दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ। यहाँको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको छ। ट्याक्सीले १३० किलोमिटरको गतिमा उडान भर्नसक्ने जनाइएको छ। 

परीक्षणमा प्रयोग भएका मानवरहित हवाई ट्याक्सीको नाम EH216s दिइएको छ। उक्त परीक्षणमा छवटा हवाई ट्याक्सी परीक्षण गरिएको थियो।

ती हवाई ट्याक्सीलाई चिनियाँ पाइलटलेस एयर ट्याक्सी फर्म इहाङले बनाएको हो।    

 

प्रतिक्रिया