कति छ आज सुनचाँदीको मूल्य ?

नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ । 
यस्तै शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

बिहीबार तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।   

प्रतिक्रिया