नेपालगन्ज : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जले स्थानिय तहसगं समन्वय सहकार्य बैठक गरेको छ । विज्ञ केन्द्रको कार्यालयमा आयोजना गरिएको समन्वय बैठकमा बाँकेका सम्पुर्ण स्थानिय तहहरुको सहभागितामा बार्षिक सन्चालन हुने कार्यक्रम आयोजनाहरुको बारेमा छलफल गरिएको थियो ।
विज्ञ केन्द्रका प्रमुख कमला अधिकारीको अध्यक्षतामा भएको समन्वय बैठकमा स्थानिय तहहरुमा सन्चालनमा रहेका पशु सेवा सम्बन्धि कार्यक्रमहरुको समिक्षा सहित आगामि कार्ययोजनाका बारेमा समेत छलफल भएको थियो ।
बैठकमा स्थानिय तहहरुले पशु सेवा सम्बन्धि गर्नुपर्ने समन्वयका बारेमा जानकारी गराइएको विज्ञ केन्द्रका प्रमुख अधिकारीले जानकारी दिनुभयो । बैठकमा जिल्लामा संचालन हुन लागेका र भैरहेका ब्लग तथा स्मार्ट गाउँका बारेमा पनि छलफल भएको हो । बैठकमा सहभागिहरुले कार्यक्रम संचालन गर्दा आउने समस्या तथा समाधानका लागी गर्नुपर्ने पहलका विषयमा समेत सहकार्य गर्न भुमिका खेल्नपर्नेमा जोड दिएका थिए ।
भेटेरिनरी अस्पतालका प्रमुख कमला अधिकारीले स्थानिय तहहरुले बार्षिक कार्यक्रम तयार गर्दा विज्ञ केन्द्रसँग समन्वय गर्न अनुरोध गर्नुभयो । बाँके जिल्लालाई पशुपंक्षिको विकास गर्न स्थानिय तहहरुको भुमिका महत्वपुर्ण हुने हुँदा दोहोरो कार्यक्रमको योजना बनाएर समन्वय गरि नयाँ कार्यक्रम बनाउन ध्यान दिनपर्नेमा जोड दिएका थिए ।
बैठकले विज्ञ केन्द्रसगं सहकार्य गरेर पशुपंक्षि निकाय तथा पशु स्वास्थ्य नियमन कार्यक्रम अन्तरर्गत विज्ञ केन्द्र र स्थानिय तहहरुको समन्वयमा आ आफ्नो क्षेत्रभित्र रहेका भेटनरी औषधि पसल, माछामासु पसल, पोल्ट्री ह्याचरी, कुखुरा दाना पसलहरुको नियमित अनुगमन तथा निरिक्षण गर्न निर्णय समेत गरेको छ ।
समन्वय बैठकमा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खनाल, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहि, डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय, बैजानाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडी लगाएत पशुसेवा शाखाका प्रमुख तथा प्रतिनिधि पत्रकारहरुको सहभागिता थियो ।











