
वैदेशिक रोजगार विभागले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया भाषा परीक्षामा उत्तीर्ण ५९ जनाविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई पत्र लेखेको छ ।
नक्कली परीक्षार्थी राखेर भाषा परीक्षा उत्तीर्ण गरेको आशंकामा उनीहरूको राहदानीसहित अनुसन्धान गर्न विभागले मंगलबार महानगरीय अपराध महाशाखालाई पत्र पठाएको हो ।
अनुसन्धानमा परेका परीक्षार्थी यस वर्ष नै कोरिया जाने सूचीमा परेका थिए ।
महाशाखाले अनुसन्धानका लागि विभागबाट विवरण आएको जनाएको छ । तर अनुसन्धानाम को को परे भन्ने खुलाउन चाहेनन् ।
कोरिया भाषा प्रशिक्षण केन्द्रका सञ्चालक र कोरियाबाटै काम गरेर आएका व्यक्तिले मोटो रकम लिएर अर्कैको नाममा परीक्षा दिएका थिए ।









