बाँकेमा खुला दुध विक्रि वितरणमा रोक

नेपालगन्ज : बाँकेमा खुला दुध विक्रि वितरणमा रोक लगाइएको छ । दुधलाई प्याकेजिंग गरेर मात्र बिक्रि वितरण गर्न प्रमुख जिल्ला अधिकारि राम बहादुर कुरुम्बांगले सोमबार देखि निर्देसन जारि गरेपछि बजारमा खुला रुपमा बिक्रि गर्नेलाई कडाई गरियको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले दुग्ध तथा दूधजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्नका लागि सो प्रतिबन्ध लगाएको प्रमुख जिल्ला अधिकारी कुरुम्बांगले जानकारी दिनुभयो । जिल्लामा खुला रुपमा विक्रि वितरण गरिरहेका उद्योग तथा पसलहरुलाई प्याकेजिंग गरेर मात्र बिक्रि वितरण गर्न समय दिइएको थियो तर उक्त समयसम्ममा पनि धेरैले अटेर गरेर खुला रुपमै कारोबार गरेपछि प्रतिबन्ध लगाउनु परेको प्रसासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बांगले प्याकेजिंग गरेर खरिद विक्रि गर्दा दुग्ध उत्पादक सहकारी तथा विक्रेताहरुले किसानले उत्पादन गरेको दूध बाह्रै महीना खरीद गर्न सकिने र किसानलाई फाइदा हुनुका साथै विचौलियाबाट मक्त हुने हुदाँ सबैले नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

कसैले खुला रुपमा दुध विक्रि गरेको पाइए कारवाही गरिने कुरुम्बांगले बताउनु भयो । उहाँले खुला रुपमा विक्रि भए नभएको निरिक्षण गर्न बजारमा अनुमनटोलि खटाइएको जानकारी दिनुभयो । किसानले पाउने मूल्य र उपभोक्ताले खरीद गर्ने खुला दूधको मूल्यबीच ४० प्रतिशतभन्दा बढी फरक देखिएको र अन्य व्यक्तिले फाइदा लिएको स्वयं किसानको गुनासो छ ।

प्रतिक्रिया