नेपाली बजारमा आज सुनको मूल्य पाँच सय रुपैयाँले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा पाँच सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ८८ हजार ३०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । यसअघि शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८०० रुपैयाँले कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा ८७ हजार ८५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन तोलामा ८८ हजार ३५० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा एक हजार ३३५ रुपैयाँमा कारोवार भएको चाँदी आज भने एक हजार ३२५ रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।









