दाँत किन सिरिङ–सिरिङ हुन्छ ? यस्ता छन् बच्ने उपायहरु

डा . देवराज न्यौपाने

दात किन सिरिङ–सिरिङ हुन्छ? यस्ता छन् बच्ने उपाय र उपचार(

दात शरीरको सबै भन्दा कडा र महतत्वपूर्ण अंग हो ,जुन हड्डी भन्दा पनि बलियो हुन्छ। हामी सबैलाई थाहा भएकै कुरा हो दाँतको बाहिरी भागलाई इनामेल(Enamel) भनिन्छ। इनामेलभन्दा भित्रको भाग डेन्टिन (Dentin)हो र दात को सबैभन्दा भित्रको भागलाई पल्प(Pulp) भनिन्छ, जुन नसा, रगत का नली अनि विभिन्न कोशिका (Cell) ले बनेको हुन्छ।

विभिन्न कारणबस इनामेल र डेन्टिन खिइँदा जान्छ र डेन्टिनको मोटाई (thickness) घट्दै जान्छ अनि पल्प (नसा भनेको भाग)को माथि को ब देखिन्छ र दात मा तातो चिसो खाँदा दुःखे झै गर्दछ जसलाई हामी ले दात सिरिङ–सिरिङ भयो भनेर बुज्दछम। डेन्टिन सँगै रहने नशाहरु असाध्यै संवेदनशिल र महत्तवपूर्ण (vital) हुनेगर्दछ।

विभिन्न कारण ले इनामेल र डेन्टिन को मोटाई घट्ने गर्दा छ अथवा खिइने गर्दछ। तल उल्लेखित केहि कारण:

१) गलत तरिकाले तथा धेरै बल लगाएर दाँत माझ्नाले इनामेल खिइन पुग्छ र डेन्टिन देखिन्छ। अनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउँछ।

२) अम्ल (Acid)जन्ने खानेकुराको सेवन, पेटको समस्याले (gastritis)जसले गर्दा अमिलो पानी आउँछ र इनामेल खियाउँछ।

३) कसै–कसैको सुत्दाखेरि दाँत किट्ने बानी हुन्छ । यस्तो बानी नियमित गर्नाले इनामेल खिइन्छ।

४) मुख सफा नराख्नाले गिजाको रोग जस्तै गिजा तल सर्न्(recession) भएर दाँतको जरा देखिन पुग्छ र सिरिङ–सिरिङको समस्या आउँछ।

५) यदि नमिलेको दाँत छ भने पनि टोकाइ नमिलेर दाँत खिइन सक्छ।
यसै गरी अरु कारण मा:

दाँत कीराले खायो भने पनि सिरिङ–सिरिङ गर्ने समस्या आउँछ।

पहिले भरेको दाँतको सिमेन्ट निस्कियो भनेपनि सिरिङ–सिरिङ हुन्छ।

एकपटक भरेको दाँतमा फेरि कीराले खान सुरु ग¥यो भने पनि यो समस्या आउन सक्छ।

कहिलेकाहीँ सिमेन्ट भरेपछि, ब्लिचिङ गरेपछि पनि दाँत सिरिङ–सिरिङ हुनसक्छ। तर त्यो केही समयपछि आफैँ सन्चो हुन्छ।

कहिलेकाहीँ एसिडयुक्त मुख कुल्ला गर्ने औषधिको प्रयोगले पनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउनसक्छ ।

सिरिङ–सिरिङबाट बच्ने उपायहरु :

१) दन्त रोग विशषज्ञसँग सल्लाह गरी सही तरिकाले ब्रस गर्नुपर्छ। सकेसम्म नरम खालको ब्रसको प्रयोग गर्दा गिजा हरु तल सर्न कम हुन्छ।

२) अम्ल जन्नने खानेकुराहरु सकेसम्म नखाने अथवा कम खाने, यदि सेवन गरे पछि प्रशस्त मात्रामा पानी पिउने बानी बसाउने र मुख कुल्ला गर्नु पर्दछ।

३) ग्यास्ट्रिकसम्बन्धी समस्याको उपचार गराउने समयमै गर्नु पर्दछ।

४) राति निन्द्रा मा दाँत किट्ने बानी छ भने दन्त चिकित्सकको तुरुन्तै परामर्श लिइहाल्ने र रोकथाम गर्ने जसमा माउथगार्ड(mouth guard) लगाउन सकिन्छ।

५) दिनको दुइपटक फ्लोराइडयुक्त (fluoride containing toothpaste)मन्जनले दाँत माझ्ने बानी बसाउने, फ्लोराइड भएको माउथवास(Mouthwash), फ्लस(floss) प्रयोग गर्ने र दाँत, गिजा स्वस्थ राख्ने।

६) यदि खैनी, चुरोट सेवन गर्ने बानी छ भने तुरुन्तै त्याग्ने।

उपचार :

यदि दाँत सिरिङ–सिरिङ हुने समस्या छ भने तुरुन्तै दन्त चिकित्सककहाँ गएर कारण पत्ता लगाउनुपर्छ। कारणअनुसार उपचार फरक पर्छ।

१) संवेदनशीलतामा प्रयोग गर्ने मन्जनहरु थुप्रै नाममा (containing potassium nitrate)बजारमा उपलब्ध छन् जुन दुई हप्ताजति प्रयोग गरे सिरिङ–सिरिङको समस्या बिस्तारै कम भएर जान्छ।

२) यदि गिजा धेरै तल सरेर दाँतको जरा देखिएर यस्तो समस्या आएको हो भने सर्जरी पनि गर्नुपर्ने हुन सक्छ। यसो गर्दा देखिएको दाँतको जरा छोपिन्छ र समस्या कम भएर जान्छ।

३) दाँत किट्ने बानीले यो समस्या आएको हो भने माउथगार्ड लगाउनु पर्छ।

४) दाँत किराले खाएर यो समस्या आएको हो भने तुरुन्त दन्त चिकित्सककहाँ गएर दाँत भरिहाल्नुपर्छ।

५) यदि पहिले भरेको दाँतको सिमेन्ट निस्किएको छ भने फेरि भर्नुपर्छ।

६) सकेसम्म पेटको समस्याको उपचार छिट्टो गराइहाल्नुपर्छ।

७) नमिलेको दाँतको अर्थोडोन्टिक उपचार गराउनुपर्छ, जसमा तारको सहायताले नमिलेको दाँत मिलाइन्छ र दाँत अझै खिइनबाट बचाउन सकिन्छ।

८)गिजा हरु सरेको छ भने सरेको अनि जरा देखिएको जरा माथि सिमेन्ट भर्ने पनि सकिन्छ।

९)यदि माथि उल्लेखित उपचार गर्दा पनि निको नभएमा दाँत लाई जरै देखि भर्ना (Root canal treatment)उपचार गराउनु पर्ने हुन सक्छ।

प्रतिक्रिया