बढ्यो सुनको मूल्य : यस्तो छ आजको बजार भाउ

काठमाडौं :सुनको भाउ फेरि उकालो लागेको छ । विवाहको सिजन सुरु भएसँगै सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि पुगेको छ ।


शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ । जुन अघिल्लो दिनको तुलनामा तोलामा ७ सय रुपैयाँले बढी हो ।


शुक्रबारको सुनको मूल्य गत ११ फागुन यताकै सबैभन्दा धेरै भएको महासंघले जनाएको छ । शुक्रबारका लागि महासंघले तेजावी सुनको भाउ ९० हजार रुपैयाँ तोकेको छ ।


यस्तै चाँदीको प्रतितोला भाउ १० रुपैयाँले बढेर १३ एक हजार तीन सय रुपैयाँ पुगेको छ । बिहीबार चाँदी एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया