स्थानीय तहसँग वीमाको पहुच बढाउदै बिमा समिति

नेपालगन्ज :

स्थानीय तहसँग वीमाको पहुच पुर्याउन सक्रियता बढाउदै बिमा समिति

बिमा समितिले आइतवार नेपालगन्जमा स्थानीय तहसँग वीमा समिति बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी केहि बर्षदेखि समितिले आफ्नो पहुँच ग्रामीण क्षेत्रमा पुर्‍याउन स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै आएको समेत जनाएको छ ।

वीमा समितिले स्थानीय तहसँग वीमाको पहुच पुर्याउन आफ्नो क्रियाशीलता बढाएको स्पष्ट पारेको छ ।

वीमा प्रचार प्रसार कार्यलाई ग्रामीण क्षेत्रसम्म पुर्‍याउन समितिले विगत एक बर्षदेखि स्थानीय तहका निर्वाचित पदाधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै आएको वीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले जानकारी दिनुभयो ।

त्यसैगरी समितिले विभिन्न स्थानका सामुदायिक विद्यालयहरुमा पुगेर विद्यार्थीहरुसँग वीमा समितिले कार्यक्रम समेत गर्दै आएको अध्यक्ष चापागाईले जानकारी बताउनुभयो ।

आगामी दिनमा वीमा शिक्षालाई विद्यालय र विश्वविद्यालय तहमा समावेश गर्ने कार्यलाई प्राथमिकता दिईएको उहाँको भनाइ छ । कार्यक्रममा नेपालका १९ प्रतिशत मानिसहरु वीमाको पहुँचमा रहेको जानकारी गराउनुभएको थियो ।

जोखिम रक्षा गर्नका लागि वीमा गर्ने व्यक्ति र संख्या बढ्दै गएको पौडेलको भनाइ छ । देशको कुल ग्राहयस्थ उत्पादनमा वीमाले ३ प्रतिशत योगदान दिएको पनि समितिको दावी छ ।

उक्त अन्तरक्रियामा वीमाको दायरा बृद्धि गर्ने उपाय, जीवन वीमा, कृषि वीमा, सम्पति तथा घर वीमाबारे जानकारी दिइएको थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर राणा, उपमेयर उमा थापामगर, वीमा विज्ञ भोजराज शर्मालगायतले वीमाको महत्व र आवश्यकताबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया