जाजरकोट : दोस्रो नलगाड महोत्सव सुरु

कुशल दर्लामी/जाजरकोट :

जाजरकोट : दोस्रो नलगाड महोत्सव सुरु

जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा बिहीवार देखी दोश्रो नलगाड महोत्सव सुरु भएको छ ।

नेपाल सरकारका बन तथा वातावरण मन्त्री माननीय शक्ति बहादुर बस्नेतले झण्डोत्तोलन गरेर कार्यक्रमको बिधिवत उद्घाटन गर्नुभएको हो।

उत्त कार्यक्रममा पुर्ब मन्त्री सत्य पहाडी , राष्ट्रिय सभा सदस्य माया प्रशाद शर्मा, कर्णाली प्रदेश उप सभामुख पुष्पा घर्ती मगर, प्रदेश सभा सदस्य गणेश प्रशाद सिंह , जिल्ला समन्वय सभापति मान बहादुर रावल, नलगाड नगरपालिका प्रमुख टेक बहादुर रावल ,प्रमुख जिल्ला अधिकारी जनकराज पन्त तथा विभिन्न पार्टीका प्रतिनिधि लगाएयको उपस्थिति रहेको थियो।

कार्यक्रम नलगाड उधोग बाणिज्य संघका अध्यक्ष धन बहादुर रावलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

महोत्सवमा कृषि पौराणिक परम्परागत नृत्य , लोपोन्मुख ख्याली खारोनाच लगायत महिला समूहले सडक नाटक प्रस्तुत गरेका थिय जुन सिमा अतिक्रमन र एम सि सि को बारे स्मरण गराउने गरि प्रस्तुत गरिएको थियो।

साथै महिलाहरुको नृत्यसंगै माननिय सत्य पहाडी प्रदेश सभाका उप सभामुख पुस्पा घर्ती नगर प्रवक्ता राममाया हमाल लगाएतका जनप्रतिनिधि समेत उत्त सामुहिक महिला नृत्यमा सहभागी भएर नृत्य प्रश्तुत गर्नुभएको थियो।

महोत्सव लाई सम्बोधन गर्दै प्रमुख अतिथि बन मन्त्रीले सडक पानी बिजुली मात्र नभएर अब नगरपालिकाले जग्गा उपलब्ध गराए उद्योगको लागी आफुले काम पुरा गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको छ जुन बिदेश पलायन हुने युवालाई रोक्ने एउटा प्रयास र रोजगार सिर्जना गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो।

सुन्तला जोनको रूपमा बिकास गर्ने आफ्नो योजना र यहाँको मह र घ्यु अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने ब्यवस्थापन गर्ने बताउनुभयो र महोत्सवका अतिथीहरुलाई स्थानीय उत्पादन कोदोको रोटी र सिस्नो अर्गानिक आलुको तरकारी ख्वाएर स्वागत गरिएको थियो।

महोत्सवमा खेल पर्यटन कृषि सबैलाई समेटिएको र फागुन ३ गतेसम्म चल्ने आयोजकका अध्यक्ष धन बहादुर रावलले बताउनुभयो।

जाजरकोट : दोस्रो नलगाड महोत्सव सुरु
जाजरकोट : दोस्रो नलगाड महोत्सव सुरु
जाजरकोट : दोस्रो नलगाड महोत्सव सुरु

प्रतिक्रिया