आइतबार सुनको मुल्य: ८० हजार नजिक

काठमाडौं :

आइतबार सुनको मुल्य

निरन्तर बढिरहेको सुनको मूल्य उकालो लाग्ने क्रम अझैं जारी छ। नेपाल  सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुनको मुल्य प्रतितोला ७८ हजार ८ सय रुपैयाँ पुगेको छ।

शुक्रबार ७८ हजार १ सयमा कारोबार भएको सुन आइतबार ७ सयले बढेर ७८ हजार ८ सय पुगेको हो।

तेजाबी सुनको मूल्य प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।


चाँदी भने प्रतितोला ९२० रुपैयाँमा कारोबार भैरहेको छ। सुनको मूल्य केही दिन अझैं बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया