नेपालगन्ज :

भोलि देखि नेपालगन्जमा हुन गैरहेको ‘प्रभु पे क्यान ईन्फोटेक २०२० ईन एशोशिएसन विथ वोल्डै लिंक’ को तयारी सकिएको आयोजकले जनाएको छ ।
कम्पुटर एशोशिएसन नेपाल महासंघ, बाँकेको आयोजनामा हुने क्यान ईन्फोटेक चौथो संस्करणलाई भव्य बनाउन कुनै कसर बांकि नराखेको महासंघ बाँकेका अध्यक्ष रमणि प्रसाद शर्माले बताए ।
अध्यक्ष शर्माले उद्घाटन समारोहलाई भव्य बनाउन यस क्षेत्रमै पहिलो पटक ड्रोनबाट पुस्पवर्षा गराइने जानकारी दिए । क्यान ईन्फोटेकमा नेपाली विद्यार्थिहरुले बनाएको कारको समेत विशेष प्रर्दशनी गरिने आयोजकले जनाएको छ ।
प्रर्दशनीलाई थप आर्कषक बनाउन सुर्खेतरोडमा डिस्प्लेको व्यवस्थापन गरिएको क्यान महासंघका पुर्व अध्यक्ष सन्जय थापाले जानकारी दिए । पुर्व सन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा इन्फोटेकको मुख्य प्रर्दशनी हलमा ९० वटा स्टल रहने जनाइएको छ ।
५ दिन सम्म सन्चालन हुने क्यान ईन्फोटेकमा नेपाली बैज्ञानिकहरुद्धारा निर्मित रोबट तथा अन्य प्रविधिहरुको प्रर्दशनी, सप्टवेयरको विकास गर्ने ह्याकाथुन प्रतियोगिताका साथै पव्जी, फिफा लगाएतका खेलहरु हुने पुर्व अध्यक्ष थापाले जानकारी दिए ।
क्यान ईन्फोटेकमा एग्रिकल्चर ड्रोनको प्रर्दशनी, फेसबुक, टिकटक प्रतिस्पर्धा समेत हुने आयोजकले जनाएको छ । अनलाइन अर्निङ्ग, आईटी सचेतना, अनलाइन विलिङ्ग लगाएत विभिन्न विषयमा दैनिक वृहद प्रर्दशनी सहित रोबटिक फाईट प्रतिस्पर्धा गरिने क्यान महासंघ बाँकेका अध्यक्ष शर्माले जनाए ।
क्यान ईन्फोटेक अवलोकनका लागी सर्वसाधरणहरुलाई ३० रुपैया र विद्यार्थिहरुलाई २० रुपैया प्रवेश शुल्क तोकिएको छ । मेलामा पत्रकार, अपाङ्ग, अशक्क्त तथा ७० वर्ष उमेर काटेका नेपाली नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको शर्माले बताए ।









