नेपालगन्ज क्यान इन्फोटेक मेला सुरु, नेपाली कार देखि सेकेन्ड ह्याण्ड ल्यापटप सम्म

नेपालगन्ज :

नेपालगन्ज क्यान इन्फोटेक मेला सुरु, नेपाली कार देखि सेकेन्ड ह्याण्ड ल्यापटप सम्म

नेपालगन्जमा ‘प्रभु पे क्यान ईन्फोटेक २०२० ईन एशोशिएसन विथ वोल्र्ड लिंक’ भव्य समारोहका विच सुरु भएको छ ।

कम्पुटर एशोशिएसन नेपाल महासंघ, बाँकेको आयोजनामा क्यान ईन्फेटेकको चौथो संस्करण सुरु गरिएको हो । ईन्फोटेकको प्रदेश नम्बर ५ का सभामुख पुर्ण घर्तिले पानसमा बत्ति बारेर उद्घाटन गरे । उद्घाटन समारोहमा ड्रोनबाट पुस्प वर्षा गराइएको थियो ।

महासंघ बाँकेका अध्यक्ष रमनी प्रसाद शर्माको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दे सभामुख घर्तिले प्रविधिलाई सहि सदुपयोगले नै देशलाई समृद्ध बनाउने बताए । सरकारले नयाँ प्रविधि, आविस्कारलाई प्राथमिकतामा राख्न सक्नुपर्नेमा जोड दिए ।

सभामुख घर्तिले विज्ञान प्रविधिको विकास सगै विनास खाले क्रियाकलाप पनि बढ्दै गएकोले नियमन गर्न जरुरी रहेको बताए । प्रविधिको विकास नजिकिए सगै परिवार विचको सम्बन्धलाई टाढा बनाउदै लगेको बताए ।

नेपाली युवाले नयाँ प्रविधिको विकासको लागी काम गर्नपर्ने आवश्यकता रहेको बताएका थिए । विज्ञान प्रविधिका युगमा सबै हिड्न जरुरी रहेको बनाउदै उनले यसको विकास सगै संम्रक्षणमा समेत त्यतिकै ध्यान दिन जरुरी रहेको उल्लेख गरेका थिए ।

उद्घाटन समारोहमा कम्पुटर एशोशिएसन नेपाल महासंघका केन्द्रिय अध्यक्ष नवराज कुवर, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपि विर बहादुर वलि, उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ लगाएतले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।

आज मंगलबार देखि नेपालगन्जको सिद्धार्थ कटेजको प्राङ्गणमा भैरहेको क्यान ईन्फोटेक मेलामा नेपाली विद्यार्थिहरुले बनाएको कारको समेत विशेष प्रर्दशनीमा राखिएको छ । इन्फोटेकको मुख्य प्रर्दशनी हलमा ९० वटा स्टल रहने जनाइएको छ ।

५ दिन सम्म सन्चालन हुने क्यान ईन्फोटेकमा नेपाली बैज्ञानिकहरुद्धारा निर्मित रोबट तथा अन्य प्रविधिहरुको प्रर्दशनी, सप्टवेयरको विकास गर्ने ह्याकाथुन प्रतियोगिताका साथै पव्जी, फिफा लगाएतका खेलहरु सन्चालन भइरहेका छन ।

क्यान ईन्फोटेकमा एग्रिकल्चर ड्रोनको प्रर्दशनी, फेसबुक, टिकटक प्रतिस्पर्धा समेत भैरहेको आयोजकले जनाएको छ । अनलाइन अर्निङ्ग, आईटी सचेतना, अनलाइन विलिङ्ग लगाएत विभिन्न विषयमा दैनिक वृहद प्रर्दशनी सहित रोबटिक फाईट प्रतिस्पर्धा समावेश गरिएको अध्यक्ष शर्माले जनाए ।

क्यान ईन्फोटेक अवलोकनका लागी सर्वसाधरणहरुलाई ३० रुपैया र विद्यार्थिहरुलाई २० रुपैया प्रवेश शुल्क तोकिएको छ । मेलामा पत्रकार, अपाङ्ग, अशक्क्त तथा ७० वर्ष उमेर काटेका नेपाली नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया