नेपालगन्ज:

खुला सिमानाले गर्दा बाँके बर्दिया संक्रामक रोगको जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । लामो खुला सिमा भएकाले भारतबाट भित्रिने पशुबस्तुको नियन्त्रण चेकजाँच गर्न कठिन भएपछि बाँके र बर्दिया जिल्ला उच्च जोखिमभित्र रहेको सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । पशु क्वारेन्टाइन सम्बन्धि शुरक्षा निकाय लगाएत सरोकारवालाहरुसंग नेपालगन्जमा गरिएको अन्तरक्रियामा यस्तो चिन्ता गरिएको हो । पशु क्पारेन्टाइन कार्यालय नेपालगन्जको आयोजनामा भएको अन्तरक्रियामा खुला सिमा क्षेत्रमा हुने आयात निर्यातलाई विशेष महत्वका साथ हेर्न पर्नेमा जोड दिइएको थियो । सेवा विभागका व्यारेन्टाइन महाशाखा प्रमुख डा. मोधनाथ गौतमले शुरक्षा र भन्सार क्वारेन्टाइनको मुल अंग भएकाले खुला सिमानाकामा विषेश समन्मय गरेर कडाईका साथ काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले दर्तावाल पशु चिकित्सकले चेकजाच नगरी स्वास्थ प्रमाण पत्र दिने भेटिएकाले यसको निगरानी प्रशासनले गरेर त्यस्ता पशु चिकित्कलाई कानुनी दायरामा ल्याएर कार्वाहि गर्नुपर्नेमा जोड दिनुभयो । खुला सिमाका कारण विभिन्न रोग भित्रिने सम्भावना धेरै भएकाले यसको कार्यक्षेत्रललाई बढाउनुपर्ने आवश्यकता देखिएको क्वारेन्टाइन कार्यलय नेपालगन्जका प्रमुख डा. प्रवेश शर्माले बताउनुभयो । पुर्वको झापा देखि पश्चिमको कन्चनपुर गड्डा चौकी सम्म क्वारेन्टाइनका चेकपोष्ट रहेको छ । अन्तिरक्रियामा क्वारेन्टाइनलाई प्रभावकारी रुपमा अघि नबढाइए डम्पिङ्ग साइडका रुपमा परिणतहुनेमा आशंखा व्यक्त गरिएको थियो । पशु स्वास्थ तथा पशु सेवा ऐन २०५५ अनुसार क्वारेन्टाइन चेकपोष्टको बाटो भएर मात्र पैठारी गर्नुपर्ने भएपनि आयात कर्ताले लुकाई छिपाई ल्याउदा बाँके र बर्दियामा जटिल रोग भित्रने सम्भावना बढेको छ । पशुपंक्षि लुकाई छिपाई भित्रिदा संक्रामक रोगको प्रकोप बढ्नेहुदा शुरक्षा निकायले विशेष निगरानि बढाउनपर्ने र जथाभावि भित्रिन रोक लगाउन महत्वपुर्ण भुमिका खेलिदिन क्यारेन्टाइन कार्यालयले आग्रह गरेको थियो ।
क्वारेन्टाइन कार्यालयका प्रमुख डा. शर्माले चेकपोष्टको बाटो छलेर पशु जन्य बस्तु पैठारी गर्दा २५ हजार सम्म जरिवाना गर्न सक्ने कानुन भएको र सोहि अनुसार व्यवसायिले चेकजाँच गरेर मात्र पैठारी गर्न अनुरोध गर्नुभयो । यस आर्थिक वर्षमा क्यारेन्टाइन कार्यालयले ४ लाख १५ हजार रुपैया अबैध नाकाबाट भित्रिने पशुपंक्षि ओसारपसार गर्ने बाट जरिवाना गराइसकेको छ । पशु हाट बजार, स्थानियतहको महत्वपुर्ण भुमिका हुने भएकाले चुस्त रुपमा सक्रियता बढाउन आवश्यक रहेको पशु क्वारेन्टाइन कार्यालयका प्रमुख शर्माले बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, प्रहरी प्रमुख एसपि विर बहादुर ओली, भन्सार कार्यालयका प्रमुख सान्तिराम निरौला, ससस्त्र प्रहरी ३ नम्बर गणका स.प्र.ना.उ रुम बहादुर कार्कि, राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाट नेपालगन्जका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. माधव प्रसाद अर्याल, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका प्रमुख बरिष्ठ पशु विकास अधिकृत कमला अधिकारी, पशु तालिमकेन्द्र नेपालगन्जका प्रमुख डा. टेक बहादुर आचार्य, विभिन्न स्थानियतहका पशु सेवा प्रावधिक, नेपाल प्रहरी र ससस्त्र प्रहरीका प्रतिनिधिहरु, व्यापारी पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।










